

तुलसीराम पौडेल
फर्साटिकर । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ सेमलारस्थित नवरत्न माविमा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडास्तरीय युवा क्लब तथा वडा नम्बर १५ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सोसाइटी सपोर्ट ग्रुपका मीन सेनले लागुऔषध सेवन गर्नेको संख्या वृद्धि हुनुको प्रमुख कारणहरु र त्यसको निर्मूल गर्ने उपायहरुबारे प्रशिक्षण दिएका थिए ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख आदित्य विस्टले लागुपदार्थको सेवनले स्वास्थ्य र समाजमा पर्ने असर र कानुनी उपचार सम्बन्धि प्रशिक्षण दिए ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १५ का वडाध्यक्ष शिव रानाले लागुपदार्थ दुव्र्यसनी नियन्त्रणको लागि कानुनी उपचारमा सुरक्षाकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडास्तरीय युवा क्लबका अध्यक्ष प्रयास आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।