गार्गी एकेडेमीले मनायो १५औँ वार्षिकोत्सव

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार
193 shares

बुटवल। बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विभिन्न कार्यक्रम गरी १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित मूल समारोहको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले बुटवल शिक्षा र खेलकुदको हब बन्दै गइरहेको बताइन् । बुटवलको समग्र शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले यहाँका सामुदायिक विद्यालयहरु पनि देशमै अब्बल रहेको धारणा राखिन् ।

विद्यार्थीहरुको प्रतिभा प्रस्फूटन तथा विकासका लागि उपमहानगरपालिकाले हरेक वर्ष अन्तरविद्यालय स्तरिय विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उपप्रमुख अर्यालले बताइन् । ‘विद्यालय किताब पढ्ने र पढाउने ठाउँ मात्रै होइन् । बिभिन्न बिधामा खेलाडी उत्पादन गर्ने ठाउँपनि हो, त्यसैले हरेक विद्यालयमा अध्ययन सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरु पनि हुन जरुरी छ’ उनले भनिन् । छोटो समयमै उत्कृष्ट नतिजाका साथ गार्गी एकेडेमी ‘ए’ ग्रेडमा परेकोमा खुसी व्यक्त गर्दै उनले यसलाई निरन्तरता दिन आग्रह गरीन् । उपमहानगरले विभिन्न सीपपमुलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउने अभियानसँगै उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । दक्ष जनशक्ति उत्पादनमा विद्यालय मात्र नभई अभिभावकहरू पनि जिम्मेवार हुनुपर्ने हुनुपर्ने धारणा राख्दै उनले बालबालिकाको अध्ययनको लागि घरमा पनि अनुकूल वातावरण तयार गर्न आग्रह गरे ।

यस्तै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रूपन्देहीका अध्यक्ष दीपक खनालले बिद्यालयमा आयोजना हुने विभिन्न क्रियाकलाप र उत्सवहरूले बालप्रतिभा उजागर गर्न उपलब्धीमूलक सावित हुने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यार्थीमा रहेको प्रतिभाको उजागर गर्न विद्यालयले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको प्राचार्य अधिकारीको भनाइ छ । यहाँका बिद्यार्थीहरु जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको उनले दावी गरे ।

विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालयले अध्ययन सँगसँगै खेलकुद र अन्य बिधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताए । अभिभावक, शिक्षक र कर्मचारीको मेहेनतले छोटो समयमै विद्यालयले ठूलो सफलता हासिल गरेको उनले बताए ।

विद्यालयका सञ्चालक सदस्य जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा एसईई, कक्षा ८, शैक्षिक सत्र २०८० मा विभिन्न तहमा उत्कृष्ट हुन सफल बिद्यार्थीहरु, र अन्य बिभिन्न बिधामा पुरस्कार बितरण गरीएको कार्यक्रम संयोजक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले जानकारी दिए । कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक न्यृत्य, टेक्वान्डो प्रस्तुत गरेका थिए ।

यस क्षेत्रमा छोटो समयमै उत्कृष्ट नतिजा दिएर अभिभावक र विद्यार्थीको रोजाइँमा परेको विद्यालयमा २ हजार २०० विद्यार्थी अध्ययनरत छन् । गार्गी चाइल्ड क्लवका अध्यक्ष सिसम रानाको स्वागत तथा विद्यालयका मावि संयोजक शिक्षक समिर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।