फेरि बौद्ध कूटनीतिको अवसर

मेचीकाली संवाददाता

२८ फाल्गुन २०८१, बुधबार
1035 shares

अमृत गिरी

बुटवल । नेपालले बुद्धको शान्ति सन्देशलाई कूटनीतिक अस्त्र अर्थात् ‘बौद्ध कूटनीति’ (बुद्धिष्ट डिप्लोमेसी) का रूपमा प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान पुनः उजागर गर्नसक्ने सम्भावनाका बारेमा फेरि बसह सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्वान्हरू, अन्तर्राष्ट्रिय बुद्ध अनुसन्धानकर्ता र कूटनीतिक विश्लेषकहरू यस विषयमा गम्भीर बहस गरिरहेका छन् । नेपाल, भारत र चीनजस्ता बुद्ध धर्मको गहिरो प्रभाव भएका देशहरूबिच नेपाललाई सेतुका रूपमा प्रस्तुत गर्ने सम्भावनाको विषयमा हालैको एक कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा.माणिकरत्न शाक्यले भारतमा महत्वपूर्ण आधार पत्र प्रस्तुत गरेका थिए ।

बुद्धिष्ट डिप्लोमेसीको मुख्य उद्देश्य शान्ति, सन्तुलन र साझा समृद्धि हो । यो नीति कसैको विजय या पराजयका लागि होइन, बरु सबै पक्षलाई शान्त, खुशी र आनन्दित बनाउने परिकल्पनामा आधारित छ । बुद्धले अपनाएका कूटनीतिक रणनीतिहरू आजको विश्वका लागि अझै सान्दर्भिक छन् । यसको नेतृत्व नेपालले छिमेकी मुलुकहरुसँगको सहकार्यमा गर्नसक्छ ।
भारत र चीन दुवै बौद्ध सभ्यताको प्रभावमा रहेका देशहरू हुन् । बुद्धिष्ट डिप्लोमेसीको सही प्रयोग गरेर नेपाल यी दुई विशाल राष्ट्रबिच मैत्रीपूर्ण संवादको प्लेटफर्म बन्नसक्ने प्रसस्त आधार रहेको विज्ञहरुले जोड दिँदै आएका छन् ।

बौद्ध दर्शनका सिद्धान्तहरू–शान्ति, अहिंसा, सहिष्णुता, करुणा र मैत्रीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा प्रयोग गर्ने रणनीतिलाई जनाउँछ । नेपालले बुद्धको जन्मस्थलका रूपमा विश्वशान्ति र मैत्रीपूर्ण सम्बन्धलाई प्रवद्र्धन गर्न यसलाई उपयोग गर्न सक्ने अवसरको सदुपयोग गर्न जरुरी छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा.शाक्यले हालै भारतको भ्रमणका क्रममा त्यहाँका उच्च पदस्थ व्यक्तित्वहरु र विज्ञहरु सरिक रहेको समारोहमा प्रस्तुत गरेको एउटा आधार पत्रलाई पछिल्लो अभियानका रुपमा लिन सकिन्छ । उनले त्यहाँ बुद्धिष्ट डिप्लोमेसीका बारेमा सिलसिलेबार सामग्री प्रस्तुत गरेर नेपाल–भारत–चीनको सम्बन्ध बलियो बनाउने कुरा र विश्वशान्तिको अग्रसरताको कुरा उल्लेख गरेका थिए ।

‘बुद्धको शान्ति, अहिंसा, सहिष्णुता र करुणाको शिक्षाको विश्वभरि गहिरो प्रभाव छ । आजको समय, जब विश्वभरि द्वन्द्व, हिंसा र असहिष्णुता बढिरहेको छ, नेपालले बुद्धिष्ट डिप्लोमेसीको उपयोग गरेर आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्न सक्छ,’ डा.शाक्यले नेपालका लागि यो मौलिक अवसर रहेको बताउँछन् । बुद्धको शिक्षा र नेपालका ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई कूटनीतिक अस्त्रका रूपमा उपयोग गर्दै नेपालले विश्वशान्तिको सन्देश दिनसक्ने सम्भावनाका बारेमा विश्वविद्यालयका विज्ञहरुले विशेष सामग्री समेत तयार पारिरहेको बताइएको छ ।

नेपाल र भारतमा मात्रै बुद्ध सीमित छैनन्, विश्वका अरु कैयन् देशसम्म बुद्ध शिक्षाको विस्तार भएको छ । त्यतिबेलै पनि नेपाल र भारतका अतिरिक्त चीन, अमेरिका, अफगानिस्तान, जापान, कम्बोडिया, म्यानमार, थााइल्याण्डलगायतका कैयन् मुलुकमा बुद्ध धर्मको प्रभाव र विस्तार भएको थियो ।

नालान्दा विश्वविद्यालयमा भएको आक्रमणबाट बुद्ध धर्मको प्रभाव भारतमा एकदमै कमजोर भयो भने नालान्दामा अति नै महत्वपूर्ण सामग्रीहरु जलेर नष्ट भए । बचेका केही सामग्रीहरुसहित केही भिक्षूहरु नेपालको काठमाण्डौं र त्यहाँबाट पनि उत्तरतिर लागे र आफूसँगै लगेका बुद्धकालीन बहुमूल्य दस्तावेजहरु उतैउतै अनुवादित भए । त्यसको प्रभाव भारतमा भन्दा अन्यत्र ज्यादा भयो । तितरबितर बनाइएको बुद्ध दर्शनलाई धेरैपछि पनजार्गित गरिएको थियो । अहिले त सिमलेर प्रयोगात्मक शिक्षाका रुपमा औपचारिक अध्ययन गर्नेसम्मकै बनाइएको छ ।

नेपालमा पनि जंगबहादुर राणले त्यस्ता दस्ताबेजहरु सडकमा फालेका थिए । त्यसरी फालिएका दस्तावेजहरुलाई बेलायतबाट नेपालका लागि दूतका रुपमा आएका ब्रायन हटन हज्र्ससनले संकलन गरेर भारतको कलकत्तामा लगेर राखेका थिए । ती बुद्धकालीन समयमा महत्वपूर्ण सामग्रीहरु थिए । अहिले पनि ती सामग्री सुरक्षित रहेको बताइन्छ ।
बुद्धकालीन समयको स्थान, परिवेश र बुद्धका बारेमा जान्न भन्दै केही पछि चीनबाट हुयानसाङ जस्ता यात्रुहरुले नेपाल र भारतको भ्रमण गरेका थिए । उनको भ्रमणले पनि बुद्ध जन्मस्थल नेपाल र यससँग सम्बन्धित नेपाल–भारतका स्थानको पहिचान बढाउने काम गरेको थियो ।

नेपालले पनि करिब १३ औं शताब्दी ताक नेपालबाट एकजना भिक्षूलाई दूतका रुपमा चीनमा पठाएको इतिहासमा पाइन्छ । यी प्रमाणित घटनाले पनि बुद्धिष्ट डिप्लोमेसी यी देशहरुसँगको सम्बन्ध थप सन्तुलित बनाउन उपयोगी हुनसक्ने विज्ञहरु दाबी गर्छन् ।

लुम्बिनी बन्न सक्छ शान्ति वार्ता केन्द्र
विश्वशान्ति स्थापनामा नेपालको अग्रसरता सार्थक बन्न सक्यो भने लुम्बिनीलाई शान्ति वार्ता केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ । नेपालले बुद्धका शिक्षालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाएर ‘शान्ति वार्ता केन्द्र’ को रूपमा आफूलाई उभ्याउन सक्ने आधारहरु रहेको डा.शाक्यले तयार पारेको अवधारणापत्रमा पनि समेटिएको छ । नेपालले यसका लागि संयुक्त राष्ट्रसंघलगायतका संस्थाहरूसँग सहकार्य गर्नसक्छ ।

बुद्धकालमा बुद्धिष्ट डिप्लोमेसीका केही दृष्टान्त
शाक्य र कोलीयबिच रोहिणी नदीको पानी उपयोग गर्ने विषयमा ठूलो विवाद हुँदा बुद्धले ‘रगतको खोलो बगाएर कसलाई फाइदा हुन्छ ?’ भन्दै युद्ध रोक्न सफल भएका थिए । यसैगरी सयौं हत्याहरू गरेका अंगुलीमाललाई बुद्धले भेटेर अहिंसाको मार्ग देखाए, जसले हिंस्रक स्वभावका अंगुलीमाल पछि बौद्ध भिक्षु बने । जातीय अपमान महसुस गरेका विरूढकले शाक्यहरूविरुद्ध हिंसात्मक आक्रमणको योजना बनाउँदा बुद्धले उनीलाई धेरै वर्षसम्म शान्तिपथमा राखे ।

विगतमा नेपालको भूमिका
नेपालले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रसारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । नेपालका लागि पहिलो बेलायती दूत ब्रायन हटन हज्सनले सन् १८२० मा नेपालमा ३०० भन्दा बढी दर्शन, संस्कृति, वास्तुकलालगायतसंग सम्बन्धित दस्तावेजहरू संकलन गरी (जंगबहादुर राणाले सडकमा फालेका बेला) भारतको कलकत्तामा पु¥याएका थिए । उनका ती संकलनहरुलाई बुद्ध दर्शनको संरक्षण र विस्तारमा योगदानका रुपमा लिइन्छ ।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९५९ मा नेपाल भ्रमण गर्दै ‘बुद्ध बर्न इन सोम पार्ट अफ नेपाल’ भनेर बुद्ध जन्मस्थलको पुष्टि गरेका थिए । यस्तै भारतीय विद्वान राहूल सांस्कृत्यानले सन् १९३६ मा नेपाल भ्रमण गरी बौद्ध सम्पदाबारे विशेष सामग्री तयार गरेका थिए । उनका रचनाहरु अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यसैगरी १२३ वर्षअगाडि प्रोफेसर राजेन्द्रलाल मित्रले ‘बुद्धिष्ट संस्कृत अफ नेपाल’ नामक पुस्तक लेखे, जसले विश्वभर बुद्धिष्ट डिप्लोमेसीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गरेको थियो ।

आन्द्रप्रदेशका अर्का विज्ञ नागार्जुनले बुद्ध जन्मस्थल र बुद्धसंग सम्बन्धित महत्वपूर्ण क्षेत्रहरुको खोजी गर्दै काठमाण्डौ पनि पुगेका थिए । त्यसबेला उनी जामाचोकको डाँडामा ध्यान बसेका थिए र त्यो ठाउँको नाम नै नागार्जुन रहन गएको बताइन्छ ।
बशुबन्धु नामका अर्का विज्ञले चौथो शताब्दीताका नेपालको भ्रमण गरेका थिए । भ्रमणकै क्रममा उनको निधन भएपछि अनुयायीहरुले विशेष स्तुपा बनाएर राखे । बसुबन्धु स्तूपाका रुपमा अहिले पनि धेरैले त्यहाँ दर्शन गर्न जाने गर्छन् ।

ब्रायन हटन हज्सन जो बेलायती नागरिक थिए । उनी नेपालका लागि पहिलो बेलायती रेजिडेन्सी (दूत) रहेको पनि बताइन्छ । सन् १८२० देखि अढाइ दशकसम्म नेपालका लागि रहँदा उनले नेपालमा विभिन्न सामग्री संकलन गरेका थिए । उनले बुद्ध दर्शन र संस्कृतिसंग सम्बन्धित करिब ३०० पुस्तक र महत्वपूर्ण दस्तावेजहरु संकलन गरेर भारतको कलकत्तासम्म पु¥याएका थिए ।
यस्तै नेपालका लागि भारतीय राजदुत रञ्जित रे, विज्ञ कर्ण सिंह तथा हरिप्रसाद शास्त्री जस्ता उच्च व्यक्तित्वहरुले नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेर बुद्ध दर्शन, संस्कृति र महत्वका बारेमा जानकारी लिने र अन्यत्रसम्म प्रचारप्रसार गर्ने गरेका थिए । अहिले नेपालको संस्कृति, ध्यान, योग, प्राचीन लिपी, वस्तुकला र संस्कृतिका बारेमा जान्न, खोज्न र पढ्न जापानको टोकियो विश्वविद्यालय र नर्बेबाट पनि विद्यार्थी र प्रोफेसरहरु नेपालमा आएको लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा.शाक्य बताउँछन् । उनीहरुले शाक्यसँग भेटेर आफुहरुको चाहनाका बारेमा बताएका रहेछन् ।