

अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यशैली ठिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा काम गर्ने कर्मचारीहरुले विरोध गरेका छन् ।
सेवा प्रवाह, कार्यसम्पादन र कर्मचारीहरुलाई गर्ने व्यवहारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रमुख जिल्ला अधिकारी बीच मनमुटाव सिर्जना हुँदा बुधवार करिब ३ घण्टा काम कारवाही रोकेर कर्मचारीहरु आन्दोलित भएका हुन् । कर्मचारी र प्रमुख जिल्ला अधिकारी बीच छलफलपछि सहमति भएको र अहिले कामकाज सुचारु भएसकेको कार्यालयका एक कर्मचारीले बताए ।