

बुटवल । सिल्क रोडको आरम्भ बिन्दु: भविष्यको साझेदारी भन्ने शीर्षकमा २०२५ अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर बुधबार साँझ औपचारिक रूपमा उद्घाटन भएको छ ।
यो ग्रीष्म शिविर Xi’an municipality education department द्वारा आयोजना र Xi’an University द्वारा सञ्चालन गरिएको हो । जसमा विश्वभरिका ३४ राष्ट्रका ६९ जना युवा सहभागी भएका छन् ।
एक हप्ता लामो यो ग्रीष्म शिविरमा सहभागी विद्यार्थीहरूले चिनियाँ इतिहास र संस्कृतिको गहिरो अध्ययन गर्नेछन्, जसमा विधि अभ्यास, शहरी प्रशासन, हवाई ढुवानी, कृषि उद्योग, परम्परागत कला र प्राकृतिक पारिस्थितिकीका सात प्रमुख विषयमा अनुसन्धान र छलफल गरिनेछ ।
नेपालका विद्यार्थी टीटकराम पौडेलले पनि नेपालका युवा प्रतिनिधिको रूपमा यस कार्यक्रममा भाग लिएका छन् । यस कार्यक्रमले विश्वका युवाहरूसँग अन्तरसांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्दै आपसी समझ र विश्वासको विकासमा मद्दत पु¥याउनेछ र साझा समृद्ध भविष्यको निर्माणमा योगदान पु¥याउनेछ ।