अक्सफोर्ड माविका नव आगन्तुक विद्यार्थीलाई स्वागत

मेचीकाली संवाददाता

१८ श्रावण २०८२, शनिबार
216 shares

बुटवल, साउन १७ । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयां विद्यार्थीहरूलाई स्वागत गरेका छन । गौतमबुद्धको पवित्र भूमि लुम्बिनीको सभाहलमा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षतामा तथा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले शिक्षक र विद्यार्थीको मेहनत तथा अभिभावकहरुको विश्वासकै कारण अक्सफोर्ड देशमै अव्वल रहेको बताउनुभयो । साथै उहांले अहिलेको युग सुहाउंदो शिक्षाका लागि अक्सफोर्डले प्रयोगात्मक शिक्षामा जोड दिदै आएको बताउनुभयो । शान्तिको सन्देश दिने पवित्र भूमिमा आयोजना गरिएको स्वागत समारोहले विद्यालयको शैक्षिक वातावरणलाई थप जीवन्त बनाउने उहांको भनाई छ । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसाले केहि वर्षभित्रै अक्सफोर्डलाई विदेशी विद्यार्थीले समेत पढ्न आउने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
उक्त लक्ष्यलाई साकार पारेरै छाड्ने दृढता व्यक्त गर्दै त्यसको गृहकार्यमा आफूहरू लागेको उहांको भनाई छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले अक्सफोर्डले विगतदेखिनै उत्कृष्ट रिजल्ट ल्याउंदै आएको स्मरण गर्दै शिक्षालाई व्यबहारसंग जोडनुपर्नेमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, दुर्गादत्त भण्डारी ,विद्यार्थीहरू प्रतिक भण्डारी, द्विजा आचार्य, विभेचना प्रसाई, सन्ध्या यादव र स्वीकृति अवस्थी लगायतका विद्यार्थीहरूले पनि आफ्नो विचार राख्नुभएको थियो । स्वागत कार्यक्रममा अभिभावक संघ केन्द्रीय सदस्य तथा रूपन्देहि अध्यक्ष अध्यक्ष लोकनाथ ज्ञवाली, कोडिनेटर नारायण सापकोटा, भरत क्षेत्री, बालकृष्ण पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख आकर्षण रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको थियो । स्वागत कार्यक्रममा मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्न र शैक्षिक जीवनमा सफलता हासिल गर्न विभिन्न प्रेरणादायी विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय विज्ञान हमाल र निकिता चौहानले गर्नुभएको थियो भने कार्यक्रमको संयोजनको झविन्द्र मरासिनीले गर्नुभएको थियो । स्वागत कार्यक्रम मनोरञ्जन, प्रेरणा र आपसी सद्भावको एक अनुपम संगम बनेको कोडिनेटर बालकृष्ण पोख्रेलले बताउनुभयो ।