जैसीथोकका पाञ्चायन र ठुटेपिपल टोल पूर्ण सरसफाइयुक्त घोषणा

मेचीकाली संवाददाता

१९ श्रावण २०८२, आईतवार
453 shares

गुल्मी। पूर्ण सरसफाइयुक्त धुर्कोट गाउँपालिकाको अभियान क्रमश अगाडी बढ्दै गएको छ । सोही अभियानकै क्रममा ‘गुणस्तरीय जीवनको आधार, सरसफाइ र स्वस्थ व्यवहार’ भन्ने मूल नाराका साथ धुर्कोट गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका पाञ्चायन र ठुटेपिपल टोलहरूलाई पूर्ण सरसफाइयुक्त टोल घोषणा गरिएको छ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले दुवै टोललाई सरसफाइयुक्त टोल घोषणा गरेका हुन्। घोषणा गर्दै अध्यक्ष पोखरेलले सरसफाइ केवल सफा देखिने कुरा मात्रै कुरा नभएर सभ्यता, स्वास्थ्य र समृद्धिको मूल आधार भएकाले केही समयमै सम्पूर्ण गाउँपालिकालाई पूर्ण सरसफायुक्त बनाउने दिगो योजनामा अगाडि बढिरहेको बताए ।

कार्यक्रमका गाउँपालिका उपाध्यक्ष सिता गिरी, वडा अध्यक्ष वीरबहादुर जोगी कुँवर, वास शाखा प्रमुख छबिलाल विश्वकर्मा, टोल विकास संस्थाका प्रतिनिधि कृष्णप्रसाद पोखरेल लगायतले अभियानको बारेमा भनाई राखे ।

कार्यक्रम कार्यपालिका सदस्य धनबहादुर विकको स्वागत तथा वडा सचिव अशोक खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।