कंगारु एजुकेशन बुटवलले ‘अल नेपाल रोड शो’ गर्दै

मेचीकाली संवाददाता

२८ श्रावण २०८२, मंगलवार
234 shares

बुटवल, साउन २७ । कंगारु एजुकेशन फाउण्डेशन, बुटवलले आउदो बिहीबार बुटवलमा अल नेपाल रोड शो गर्ने भएको छ । इङलिस स्पिकिङ देशहरुमा विगत १२ वर्षदेखि बुटवलमा रहेर सेवा दिदै आइरहेको कंगारुले अल नेपाल रोड शो–२०२५ एजुकेशन फेयर गर्न लागेको हो ।
मिलनचोकस्थित आफ्नै कार्यालयमा गरिने सो मा विद्यार्थीले अष्ट्रेलिया, बेलायत, क्यानडा, न्यूजिल्यान्ड र अमेरिका लगायतका मुलुकका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन । कार्यक्रम बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ ।
साथै शैक्षिक परामर्श, छात्रवृत्ति अवसर, भिसा प्रक्रिया र करिअर योजना सम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न कंगारु एजुकेशन फाउण्डेशन, बुटवलका कार्यकारी निर्देशक दिपेश अर्यालले जानकारी दिए । पूर्वको बिर्तामोड, विराटनगर, पोखरा हुँदै बुटवल आउन लागेको हो । यस्तै कार्यक्रम कंगारुले सन् २०१८ र २०२३ मा पनि गरेको थियो ।
बुटवलपछि अन्तिम कार्यक्रम काठमाडौंमा हुने अर्यालले बताए । अवरोड स्टडीका लागि विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको यात्रामा साथ कार्यक्रम आयोजना गरिएको सहायक प्रवन्धक सुनीता सुवेदीले बताइन । कंगारु अवरोड स्टडीका लागि विद्यार्थीहरुले रुचाइएको र भरपर्दो शैक्षिक संस्थाका रुपमा परिचित छ । बुटवलबाट कंगारुले वार्षिक २ सयबन्दा बढी विद्यार्थीको काम गर्दै आएको संस्थाले जनाएको छ ।