

गुल्मी । इस्माली समाज काठमाडौंले एसईई तथा आधारभूत तह कक्षा–८ मा उत्कृष्ट नतिजा ल्याउने २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले वर्सेनी स्वर्गीय प्रेम नाथ र विकास अर्याल स्मृति कोषमार्फत छात्रवृति वितरण गर्दै आएको छ ।
गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ठाढुङ्गा माविबाट अरुणा सापकोटा, देविस्थान माविका सागर कुँवर, रामराज्य माविका कमल खत्री, आनन्दपुर माविका करुण विष्ट, ओमप्रसाद गौतम माविका रिया पन्थी र समिर अर्यालले छात्रवृत्ति पाएका छन् । त्यस्तै हिमालय माविको साधारणतर्फबाट अन्जना महत र कृषि तर्फबाट कोपिल खत्री तथा पालुखा माविबाट साहारा नेपालीले एसईई परीक्षामा उत्कृष्ट प्राप्त गर्दै छात्रवृत्ति प्राप्त गरेको इस्माली समाज काठमाडौंका सचिव हेमन्त थापाले जानकारी दिए ।
त्यस्तै आधारभूत तह कक्षा–८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ठाढुङ्गा माविबाट गणेश नेपाली, देविस्थान माविकी कोपिला थापा, देउराली आधारभूत विद्यालयबाट आशिष बस्नेत क्षेत्री, रामराज्य माविकी अप्सना बस्नेत र शिशिर घर्ती भुजेलले छात्रवृत्ति पाएका छन् । चन्द्र आधारभूत विद्यालयबाट सपना थापा, सुन्तला देवि आधारभूत बिद्यालयबाट स्नेहा बस्नेत, आनन्दपुर माविका दिप्सन अधिकारी, कुमारी आधारभूत विद्यालयका अशोक कुमाल, ओमप्रसाद गौतम माविका इशा अर्याल, कालिका आधारभूत विद्यालयका लक्ष्मी पाण्डेय, हिमालय माविबाट सुष्मा खत्री, जनज्योति आधारभूत विद्यालयका कृष्णप्रसाद पन्थी, सरस्वती आधारभूत विद्यालयका किसान कुवँर, पालुखा माविका पदमबहादुर चुँदरा र सुरज विश्वकर्माले समाजको तर्फबाट छात्रवृत्ति पाएको इस्माली समाज काठमाडाँैका सचिव थापाले बताए । समाजले प्रेमनाथ स्मृति कोषमार्फत २०६१÷०६२ बाट र विकास अर्याल स्मृति कोषमार्फत २०७५ देखि निरन्तर छात्रवृत्ति वितरण गरिरहेको छ ।
समाजले इस्मा गाउँपालिकाभित्रका माविस्तरीय हाजिरीजवाफ प्रतियोगीता, लोक सेवा अनलाइन कक्षा, देउसीभैलो, न्वागी खाने, वनभोज तथा दर खुवाउने कार्यक्रम तथा नयाँवर्षहरुमा भित्तेपात्रो प्रकाशनसहित शुभकामना आदानप्रदान गर्दै आएको छ । इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का र इस्माली समाज काठमाडौंको उपाध्यक्ष विमला केसीसहितका व्यक्तिहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेक थिए ।