बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार चुनाव नगर्ने सोचमा देखिएको दावी गरेका छन् । सरकारले चुनावको तयारी नगरेर राजनीति पार्टी र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको नेता पौडेलले आरोप लगाए । एमाले रूपन्देहीको विस्तारित बैठकलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै नेता पौडेलले सुशीला कार्की नेतृत्वको सरकारले पार्टीप्रति प्रतिशोधको भावना राखेर चुनाव नुहने बताए । ‘पार्टी र पार्टीका नेताहरुलाई किनारा लगाएर मुलुक निर्वाचनमा जान सक्दैन,’उनले भने, ‘सरकारले भन्दा निर्वाचन भनेको छ । निर्वाचनको तयारी गरेको छैन, सरकारको लागि निर्वाचन देखाउन दाँत मात्र भइरहेको छ ।’
निर्वाचनबाट भाग्न र तर्सिने, जनतामा जानबाट डराउने हामी होइन । भन्दा निर्वाचन भने पनि निर्वाचन गरिरहेको छैन ।’ ‘भदौ २३ र २४ गतेको षड्यन्त्र तत्कालीन सरकारले थाहा नपाएको बताए । के हुन्छ भने सबै प्रकारका षड्यन्त्र थाहा नहुँदो रहेछ । यो तहको षड्यन्त्र, यो तहको कन्फिरेन्स र योजना छ भन्ने कुरा वास्तवमा थाहा पाउन सकिएन ।’ समग्र परिस्थितिको विवेचना, विश्लेषण र निकासको दृष्टिकोणसहित एमाले राष्ट्रिय रंगमञ्चमा उपस्थित हुने पौडेलको भनाइ थियो । विश्वव्यापी रुपमा सोसल मिडियाहरुलाई मोभिलाइज गरेर सत्तालाई विस्थापित गर्ने विभिन्न मुलुकमा ट्रेन देखा परेको बताउँदै दक्षिण अफ्रिकी मुलुकहरुमा, बंगलादेश, श्रीलंका र नेपालपछि पनि अन्य देशमा पनि यहीँ खालको प्रवृत्ति प्रयास दुनियाँमा पनि भएको पौडेलले बताए ।
अहिले देश तरङ्गित छ, विश्वका अन्य मुलुकमा पनि यस प्रकारका परिघटना देखा परेको र नेपालमा विधिमा रहेर संलग्न दोषीलाई कारबाही गर्नुपर्ने र सबै मिलेर समाधान गर्नु पर्ने बताएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालको नियमनका क्रममा नयाँ पुस्ताले गरेको आन्दोलनमा घुसपैठले जन, धनको क्षति र नेपालमा हाल सम्मको नभएको भयानक घटना घटेको र आन्दोलनको क्रममा घुसपैठ र षड्यन्त्र भएको बताएका छन् । उनले अहिलेको सरकारले चुनावमा जानेअनुसारको काम नगरेको र पार्टीहरुलाई तर्साउन खोजीएको र प्रतिशोध साँधेको बताए ।
अहिलेको सरकार संविधान विपरित बनेको र संसद् पुनःस्थापना गर्नुपर्ने, संविधान संसोधन गरी संसद्भन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बन्न सक्ने व्यवस्था, संविधानबाटै खोज्नुपर्ने बताएका छन् । उनले एमाले निर्वाचनको पक्षमा रहेको तर सरकार निर्वाचन गर्नेतर्फ नलागेको बताए । आन्दोलनका नाममा गैरकानुनी व्यक्तिहरु पनि संलग्न रहेको र निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने र आन्दोलनको हाइज्याक गरिएको निस्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । पौडेलले विगतको समीक्षा गर्ने तर अल्झिएर बस्न नहुने, विगतमा पनि यस्तै प्रकृतिका आन्दोलन रहेको तर शिक्षा लिएर अगाडि बढ्न आवश्यक रहेको वताएका हुन् ।
एमालेले स–साना कमजोरी रहे पनि राष्ट्र र नागरिकका विषयमा पछुतो मान्नुपर्ने काम नगरेको जिकिर गरे । कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै चित्त नबुझेको व्यक्ति परिवर्तन गर्ने तर पार्टी नै गलत भन्ने सान्दर्भिक नहुने बताए ।
आगामी महाधिवेशनले आमकार्यकर्ताको मर्मअनुसार नेतृत्व निर्माण गर्ने हुनाले सकेसम्म सहमति, नभए प्रतिस्पर्धाको लोकतान्त्रिक विधिबाट चयन गरी एकताबद्ध हुने जानकारी दिए ।
नेकपा एमाले रुपन्देही जिल्ला ईन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले देशलाई अस्थिरतामा लैजान लागिरहेका तत्वहरुबाट निरन्तर निरासा फैलाउने, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर देश विषमपरिस्थितिमा पुगेको र यसलाई निकास दिन एमाले लागि परेको धारणा राखे । नेता गिरीले पार्टी बलियो बनाउन जनस्तरसंगै जनवर्गीय संगठनहरु बलियो बनाउन लाग्नुपर्नेमा जाोड दिए । रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्ला कमिटीका विगत, विर्तमान र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । जिल्ला उपाध्यक्ष हितराज पन्थीले जेनजी आन्दोलनमा भएको क्षति विवरण सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुनिता छन्त्यालले गरेकी थिइन् कार्यक्रमका सबै वक्ताहरुले पार्टीका त्यागी र पार्टी एवं मजदुर नेता स्वर्गीय कमल गौतमको स्मरण गरेका थिए ।
