आज विश्व मधुमेह दिवस: हरेक घरमा मधुमेहका बिरामी

–जनस्वास्थ्यको प्रमुख समस्या बन्दै, जीवनशैली बदलौं, सचेतना बढाऔं

मेचीकाली संवाददाता

२९ कार्तिक २०८२, शुक्रबार
10 shares

बुटवल । नेपालमा मधुमेह अब जनस्वास्थ्यको गम्भीर समस्या मात्र नभएर स्वास्थ्य प्रणाली र सामाजिक–आर्थिक दृष्टिबाट ठूलो चुनौती बनेको छ । विलासी जीवनशैली र सक्रियताको कमीले अहिले हर घरमा मधुमेहका बिरामी बढिरहेको अवस्था छ । अस्पतालहरुमा आउने अधिकांश बिरामीमा मधुमेह देखिने गरेको पाइन्छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र यसका अन्य निजी अस्पताल र ल्याबहरुका केही समयका तथ्यांकहरु हेर्दा मधुमेहको अवस्था भयाबह पाइएको छ ।

प्रत्येक वर्ष १४ नोभेम्बरलाई ‘विश्व मधुमेह दिवस’का रूपमा मनाइन्छ । यस दिनलाई आधिकारिकरूपमा संयुक्त राष्ट्र संघले पनि मान्यता दिएको छ । यसका पछाडि कारण हो–इन्सुलिन आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि यही दिन परेको हो । सर बान्टिङ र चाल्र्स बेष्टले सन् १९२२ मा मधुमेह (डायबिटिज) उपचारका लागि पहिलोपटक इन्सुलिन प्रयोग गरेका थिए ।

नेपालमा मधुमेहको अवस्था
विश्वव्यापी रुपमा मधुमेह (डायबिटिज) का कारण निकै धेरै मानिस पीडित हुन थालेका छन् । नेपालमा, अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्यांकअनुसार अधिक जनसंख्यामा मधुमेह रहेको छ । वयस्कमा पनि मधुमेह देखिएको विज्ञहरुको चिन्ता छ । अन्य अनुसन्धानअनुसार, नेपालमा ‘टाइप–२ डायबिटिज’ जनशंख्याको झण्डै १० प्रतिशतमा रहेको देखिएको छ । राजधानी क्षेत्र वा शहरी क्षेत्रहरुमा प्रकृतिकरणका कारण प्रचलन अझै उच्च देखिएको छ ।

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै
मधुमेह नेपालमा नसर्ने रोगहरुमेध्येको प्रमुख रोगको एक महत्वपूर्ण समस्या बनेको छ । उदाहरणका लागि, नेपालमा नसर्ने रोगका कारण मृत्यु तथा संक्रमण निकै बढेको छ । मधुमेहलाई समयमै पत्ता लगाउन नसकिँदा इन्सुलिन वा औषधी उपलब्धताको अभावमा समस्या अरु धेरै बढ्ने गरेको पाइएको छ । मिर्गौला समस्या, मुटु समस्या, आँखाको समस्या बढिरहेको छ । यसले स्वास्थ्य प्रणालीमा अतिरिक्त भार पु¥याएको छ ।

अस्पतालहरु, चिकित्सकहरु, उपचार व्यवस्थापन र रोगनिरोधात्मक कार्यक्रमहरु महत्वपूर्ण बनेका छन् । शहरीकरण, जीवनशैली परिवर्तन (बसाइसराइ, कम चल्ने, जंकफुड बढी खाने, मोटोपना) जस्ता कारकले मधुमेहको जोखिम बढाएका छन् ।

मुख्य कारण र जोखिमका कारकहरु
शारीरिक रुपमा निष्क्रिय हुनु, तौल बढ्नु (विशेष गरी मोटोपना) मधुमेह जोखिम बढाउने मुख्य कारक हुन् । परिवारमा मधुमेह हुनु (वंशाणु), उच्च रक्तचाप, कोलेस्ट्रोल बढी हुनु, मानिसको उमेर बढ्नु, शहरी क्षेत्रमा बस्नु– यी सबै जोखिम कारक हुन् । ग्रामीणभन्दा शहरी क्षेत्रमा मधुमेहको संक्रमण बढी देखिएको छ ।

धेरैजसो व्यक्तिहरु मधुमेह भएको थाहा नै नपाउँदै हुन्छन् । उपचार सुरु गर्न ढिलो हुने अवस्था छ । उदाहरणका लागि, नेपालमा अनुसन्धानले देखाएको छ–मधुमेह भएकामध्ये ठूलो हिस्सालाई अनडायग्नोज्ड रहेको हुनसक्छ ।
उपचार उपलब्ध भएपनि जीवनशैली सुधार, नियमित जाँच, पोषणयुक्त खाना, शारीरिक सक्रियता आवश्यक छ । मधुमेहका कारण मिर्गौला असफलता, मुटुघात, आँखाको समस्या, घुँडा–खुट्टामा समस्या भएर कतिपय अङ्गप्रत्यङ्ग नै कटौती गर्नुपर्ने जस्ता जटिल समस्या बढी मात्रामा भइरहेका छन् ।