बुटवलमा पिकोनको उत्प्रेरणा कार्यक्रम

मेचीकाली संवाददाता

३ मंसिर २०८२, मंगलवार
14 shares

बुटवल । भारतमा विद्युत् सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले बुटवलमा आफ्नो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ ।

यस क्षेत्रको आधिकारीक विक्रेता काशी इलेक्ट्रिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको कार्यक्रमको कम्पनीका भारत माकेर्टिङ हेड मनोज पोदार, नेपालका विजनेश हेड विकास पोदारले विद्युतीय सामग्री उत्पादन गर्दा नयाँनयँ प्रविधिको प्रयोग गरी समयसापेक्ष र आम उपभोक्ताको मागअनुसार रहेको बताए । विशेष गरी भोल्टेज समस्या नहुने, उपभोक्ताको समस्या समाधानसहितको उत्पादन रहेको पोदारको दाबी छ । कम्पनीको हाल ७ सय बढी इलेक्ट्रिक उत्पादनहरु रहेका छन् भने नयाँ र प्रविधियुक्त उत्पादन रहेको छ ।

यसैबिच नेपाल विद्युत् व्यवसायी महासंघका नवनिर्वाचित द्वितीय उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र प्रदेश संयोजक दिपक पौडेललाई सम्मान गरिएको छ । नेपाल विद्युत व्यवसायी संघका अध्यक्ष सागरराज खरेल विद्युतकर्मीहरुको हकहितमा निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा सुनसरी जिल्लाबाट डिलर आनन्द चित्लागिया, चितवनका प्रविण पौडेल, पर्साका कृष्ण पटेलको विशेष उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा सहभागी एक सय ५० बढी विद्युतकर्मीहरुलाई लक्की ड्रमार्फत विभिन्न मेशिन, फ्रिज उपहार दिइएको काशी इलेक्ट्रिक स्टोरका एमडी सन्दिप कशौधनले बताए । कार्यक्रममा काशीका डाइरेक्टर राहुल कशौधनले विद्युतकर्मीहरुलाई आगामी दिनहरुमा समेत उत्प्रेरणा र तालिमका कार्यक्रममा जोड दिने प्रतिबद्धता जनाए ।