बुटवल, मंसिर २५ । दुईपाङ्ग्रे सवारीसाधन प्रेमीबीच लोकप्रियता बटुलिरहेको यामाहाले प्रिमियम सेवा अवधारणालाई विस्तार गर्दै बुटवलको कलिकानगरमा फ्लाग्शीप ‘ब्लु स्क्वाएर’ शोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार एक विशेष समारोहको आयोजना गरी यामाहा मोटर्स इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगावा सान, एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अगरवाल, यामाहा मोटर्स इन्डिया सेल्सका जनरल म्यानेजर राजदीप सिंह ग्रेवाल, एमएडब्लु राइड्स–यामाहाका ईडी तथा सीईओ दिपककुमार अग्रवाल लगायतले संयुक्त रुपमा नयाँ शोरुम उद्घाटन गरेका हुन् ।

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता बाइकर्ज बुटवल प्रालिद्वारा सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न शोरुम उद्घाटनसँगै अब बुटवल क्षेत्रका ग्राहकले यामाहाको उच्चस्तरीय बिक्री र सेवा एकै छानामुनि पाउने भएका छन् । सोही अबसरमा बोल्दै यामाहा मोटर्स इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगावा सानले नेपालमा बढ्दो यामाहा बजार र ग्राहकको विश्वासले कम्पनीलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अगरवालले यामाहाको ‘ब्लु स्क्वाएर’ अवधारणा ग्राहक–मैत्री सेवाको नयाँ मोडेल भएको बताउँदै बुटवलमा यो सुविधा उपलब्ध हुनु यस क्षेत्रका लागि महत्वपूर्ण भएको उल्लेख गरे । त्यस्तै एमएडब्लु राइड्स–यामाहाका ईडी तथा सीईओ दिपक कुमार अग्रवालले सेवा, सुरक्षा र ग्राहक सन्तुष्टिलाई कम्पनीले प्रमुख प्राथमिकतामा राखेको बताए ।

बाइकर्ज बुटवल प्रालिका प्रमुख पुरनप्रसाद अधिकारीले नयाँ ब्लु स्क्वाएर शोरुम बुटवलमा यामाहाको पूर्ण अनुभव दिने आधिकारिक गन्तव्य बन्ने विश्वास व्यक्त गरे । आधुनिक इन्टेरियर, बाइक प्रदर्शन क्षेत्र, एक्सेसरीज काउण्टर, ग्राहक लाउञ्ज र टेस्ट–राइड सुविधायुक्त यो शो–रुमले सेवा स्तरलाई नयाँ उचाइमा पु¥याउने उनले बताए । शोरूममा मोटरसाइकल, स्कुटर, एसेसरिज, एपेरलदेखि डिजिटल सेवा सुविधा समेत उपलब्ध गराइएको छ । ग्राहकले क्यूआर कोड स्क्यानमार्फत सहज रूपमा आवश्यक सेवा प्राप्त गर्न सक्ने अधिकारीले बताए । स्थापना कालदेखि नै ग्राहक सुविधालाई प्राथमिकता दिँदै आएको यामाहाले ब्लु स्क्वायरमार्फत सेवाको स्तरलाई अझ उचाइमा पु¥याएको उनले दावि गरे ।

त्यस्तै कार्यक्रममा बुटवल र आसपासका वित्तीय संस्थाहरूका प्रतिनिधिहरू समेत उपस्थित थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले ग्राहकलाई सहज वित्तीय सुविधा प्रदान गर्न शो–रुमसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शो–रुम उद्घाटनपछि परीक्षण सवारी, नयाँ मोडेलहरूको प्रदर्शनी, एक्सेसरीज काउण्टर तथा ग्राहक सहायता सेवाहरू अवलोकन गराइएको थियो । बाइकर्ज बुटवल प्रालिका अनुसार ‘ब्लु स्क्वाएर’शोरुमले बुटवल र आसपासका क्षेत्रका ग्राहकलाई अझ आधुनिक, सहज र छिटो सेवा उपलब्ध गराउनेछ ।
अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दक्ष सर्भिस प्रणालीका कारण यामाहा नेपालभर सबैभन्दा भरपर्दो र विश्वसनीय दुई–पाङ्ग्रे सवारीसाधन ब्रान्डमध्ये अग्रणी रूपमा स्थापित हुँदै आएको छ ।

