सियारीमा ३४ औं अपाङ्गगता दिवसको अवसरमा सचेतना कार्यक्रम

मेचीकाली संवाददाता

२८ मंसिर २०८२, शनिबार
165 shares

तुलसीराम पौडेल —
सियारी, मंसिर २६

रुपन्देहीको सियारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अपाङ्गगता सम्बन्धि कार्यक्रम हालै सम्पन्न भएको थियोे ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कार्यक्रमको उद्वाटन गर्नुभएको थियो ।कार्यक्रम सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता ,सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको विशिस्ट आतिथ्यता,कार्यपालिका सदस्य पुर्ण कला पाण्डे भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
पालिका अन्तर्गतका ७ वटै वडाका ७/७ जना अपांगहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण  साबित्रा घिमिरे र अनुसुयाले  गर्नुभएको थियो ।