तुलसीराम पौडेल —
फर्साटिकर, पौष २
रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा फर्साटिकर माबिको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप खेल महोत्सवको दोस्रो दिने बुधबार विभिन्न खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् । माध्यमिक विद्यालय तह अन्तर्गत ८०० मिटर दौड छात्र छात्रा प्रतियोगिता ,१०० मिटर दौड छात्र छात्रा प्रतियोगिता सम्पन्न भएका छन् । त्यसै गरि आधारभुत तह अन्तरगत १०० मिटर दौड छात्र छात्रा प्रतियोगिता सम्पन्न भएका छन् ।
प्राथमिक तह १०० मिटर दौड छात्र छात्रा प्रतियोगिता , आधारभुत तह ४००० मिटर दौड छात्र छात्रा प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
माध्यमिक तह अन्तरगत ४०० मिटर दौड छात्र छात्रा प्रतियोगिता पनि सम्पन्न भएको छ।


लङ्गजम्प प्राथमिक तह छात्र छात्रा प्रतियोगिता ,माध्यमिक तह ४*४०० मिटर रिले दौड छात्र छात्रा प्रतियोगिता सम्पन्न भएको छ।
लङ्गजम्प माध्यामिक तह छात्र छात्रा प्रतियोगिता ,ट्रीपल जम्प माध्यमिक तह छात्र छात्रा प्रतियोगिता पनि सम्पन्न भएको छ।
शुद्वोदन गाउँपालिका वार्ड ४ स्थित फर्साटिकर माध्यमिक बिधालयमा पौष १ गतेदेखि संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिता पौष ४ गते नृत्य प्रतियोगिता सहित कार्यक्रम समापन हुने आयोजकले बताएका छन् ।



