तुलसीराम पौडेल —
फर्साटिकर, पौष ३
रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा फर्साटिकर माबिको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप खेल महोत्सवको तेस्रो दिने बिहिवार पनि विभिन्न खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

१००*४ रिले सम्पुर्ण तह छात्र छात्रा प्रतियोगिता, ,आधारभुत तह हाइजम्प छात्र छात्रा प्रतियोगिता ,माध्यमिक तह हाइजम्प छात्र छात्रा प्रतियोगिता लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
पौष ४ गते शुक्रबार नृत्य प्रतियोगिता ,पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न हुने आयोजकले बताएका छन् । खेल महोत्सव कार्यक्रम शुद्दोदन – ४ स्थित फर्साटिकर माध्यमिक विद्यालयको खेल मैदानमा भैरहेको छ।



