तुलसीराम पौडेल —-
फर्साटिकर,पौष ४
रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा पौष १ गतेदेखि फर्साटिकर माविको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको उपाधी फर्साटिकर माध्यमिक विद्यालयले हात पारेको छ।शुद्वोदन गाउँपालिका -४ स्थित फर्साटिकर माध्यमिक विद्यालयले प्रतियोगितामा ११ स्वर्ण ,७ रजत र ५ कास्य प्राप्त गरि रास्ट्रपति रनिङ्गशिल्डको उपाधी प्राप्त गर्न सफल भएको हो ।
त्यसै गरि भगलापुर माविले ७ स्वर्ण ४ रजत र ८ कास्य प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ।ज्ञानपुन्ज विद्या मन्दिर मानपकडिले ६ स्वर्ण ,१ रजत र ४ कास्य प्राप्त गरि तेस्रो स्थान हासिल गरेको छ भने शंकर माविले ५ स्वर्ण ,१२ रजत र ७ कास्य प्राप्त गरि सान्त्वना भएको छ।
समापन कार्यक्रमको शुभ अवसरमा सम्पन्न नृत्य प्रतियोगितामा फर्साटिकर सिद्वार्थ इङलिस बोर्डिङ स्कुल पहिलो ,शुद्दोधन इङलिस स्कुल दोस्रो र तिलोत्तमा अङ्ग्रेजी माबी तेस्रो भएका थिए ।

कार्यक्रम शुद्वोदन गाउँपालिका प्रवक्ता , शिक्षा समिति संयोजक एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको अध्यक्षता,जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल एवं उपाध्यक्ष शान्ता ज्ञवालीको विशिस्ट आतिथ्यता ,शिक्षा प्रमुख चन्द्रकान्त शर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा वार्ड नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,वार्ड नम्बर -२ का अध्यक्ष कमल खड्का ,गाउँपालिका खेल समिति संयोजक मुकेश कुवर र फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
खेल महोत्सवमा गाउँपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भाग लिएका थिए ।

