‘सामुदायिक रेडियोको बिकासका लागि अमार्क सधैं साथमा छ’

मेचीकाली संवाददाता

५ पुष २०८२, शनिबार
21 shares

मिलन गाहा

चितवन । सामुदायीक रेडियोको दिगो बिकास गर्नका लागि अमार्क एसीया प्रशान्त सधैं साथमा रहेको अमार्कका अध्यक्ष राम भाटले बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ अकोराबको राष्ट्रीय सम्मेल तथा १९ औँ साधारण सभाको अबसर पारेर आयोजना गरीएको सामुदायीक रेडियोको दिगोपन, प्रबिधीमा भएको परीवर्तन र समुदाय संगको सम्बन्ध बिषयक प्यानल छलफलका अबसरमा भाटले सो कुरा बताएक हुन् । सामुदायीक रेडियोको दिगोपनका आधारहरु मुनाफारहीत संस्था, समुदायको स्वामीत्व र शाझेदारीमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

दक्षिण एसियामा नै यस्ता समस्या भएका ले एकाकार भएर सामुदायीक रेडियोको पहीचान मा जनस्तरबाट लाग्न सुझाब दिदै सबै मिडीयासंग सहकार्य गरेको अबस्थामा कुनैपनी सामुदायीक रेडियो पहीचान स्थापीत गर्न सकीने उनको दाबी छ ।

सो छलफमा अमार्कका उपाध्यक्ष सुवास खतीवडाले नितीगत हिसाबमा सामुदायीक आन्दोलन अगाढी बड्नुपर्ने र तिन तहका सरकार मार्फत दबाब श्रृजना गर्न सकेमा दिगो हुने बताए ।

कार्यक्रममा अमार्ककै कार्यकारी प्रमुख सुमन बस्नेतले सामुदायीक रेडियोको मुल मर्म सुचनाको पहुंच र इन्टरनेटको पहुंच बाहीर भएका ग्रामीण समुदायलाई लक्षीत गरी कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने बताए ।

आजपनी अधिकांश इनटरनेटको पहुंच बाहीर रहेका समुदाय लक्षीत कार्यह्रमहरु आस्यकता रहेको उनको दाबी छ । सो अबशरमा रेडियोको पहुंचमा जेन्जी पुस्ता र पर्यटन संग रेडियोको सहकार्यका बिषयमा सम्बाद भएको हो । कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता। बरिष्ठ उपाध्यक्ष गोबिन्द देबकोटा, उपाध्यक्ष दिपु पोख्रेलल तथा महासचीब भक्त स्याङ्गतानले सहजीकरण गरेका थिए।

दुईदिने सममेलनमा सामुदायीक रेडियोको दिगो बिकाशका लगाी बिभीन्न क्षेत्रसंग छलफल हुनेछ । छलफललाई चितवनका स्थानीय पाहीका सहीत सामुदायीक बन सौराहाका पर्यटन ब्यबसाय अमार्क एसीया प्रसान्त सहीत बिभीन्न दातृ संस्थाहरुको सहयोगमा हुनेछ ।

चितवनमा २ दिन सम्म चल्ने सो सम्मेलनको समुद्धघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाहदुर बानीयाले गर्ने उपाध्यक्ष मिलन गाहाले जानकारी दिए ।