स्कलर्स होममा १२ औँ जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

मेचीकाली संवाददाता

८ पुष २०८२, मंगलवार
61 shares

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुल, बुटवलको ३४ वार्षिकोत्सवको अवसरमा वसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । विगत १३ वर्षदेखि निरन्तर चलाउँदै १२ औँ संस्करणको जिल्लास्तरीय अन्तर विद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्बिज) प्रतियोगितासहित विविध रचनात्मक कार्यक्रम गर्ने भएको हो । मंगलबार विद्यालयको सी ब्लकमा पत्रकार सम्मेलन गरी पुस १० गते हाजिरीजवाफ तथा ११ गते विद्यालयको पुरस्कार वितरणसहित विविध कार्यक्रम गरिने प्राचार्य बाबुराम बन्जाडेले बताए ।

हाजिरीजवाफको विजेताले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतीय ४५०० रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । अहिलेसम्म ४० विद्यालय दर्ता भएका छन् । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ । गतवर्ष एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो । न्यू होराइजनले दुईपटक लगातार ३÷३ वर्ष शिल्ड लगेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले सामाजिक कार्यमा योगदानस्वरुप विद्यालय शुरु भएको बताए । विद्यालय आइएसओ मान्यतासमेत पाएको उनले बताए ।

कार्यक्रममा विद्यालय संस्थापक शिव गुरुङले आफू भारतमा अध्ययन गरेर त्यही शिक्षा दिने गरी स्कलर्स स्थापना गरेको बताए । परीक्षाको प्रश्नपत्र अभिभावकलाई देखाउने, मार्शल आर्ट सिकाउने, औपचारिक कार्यक्रम विद्यार्थीहरुलाई जिम्मा दिने शुरुवात गरेको उनले बताए । कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ, उपप्रचार्य टीकाराम गौतमले वडा नं ९ मा नैं एकमात्र विद्यालय भएको बताए । हाल विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म १५०० विद्यार्थी तथा बिबिएसमा डेढ सय विद्यार्थीहरु अध्ययरत छन् । जहाँ १२० जना शिक्षक कर्मचारीहरु छन् ।