सियारी गाउँपालिकाको छात्रवृत्तिमा अध्यक्षको ५० प्रतिशत साझेदारी

मेचीकाली संवाददाता

९ पुष २०८२, बुधबार
116 shares

तुलसीराम पौडेल –
सियारी , पौष ८

रुपन्देही स्थित सियारी गाउँपालिकाले  गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा यस आर्थिक बर्षको  छात्रवृत्ति वितरण कार्यक्रम शुरु गरिसकेको छ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले गत आर्थिक बर्षदेखि नै पालिकाको छात्रवृत्तिमा आफ्नो व्यक्तिगत  सेवा सुबिधाबाट ५० प्रतिशत साझेदारी योगदान गर्दै आउनु भएको छ। छात्रवृत्तिको धनराशि रु ५००० ( पाच हजार ) रहेको छ जसमा पालिका तर्फबाट रकम २५०० ( दुई हजार पाच सय) र पालिका अध्यक्षको ब्यक्तिगत सेवा सुविधाको कोषबाट रकम २५०० ( दुई हजार पाच सय) साझेदारी गरिएको छ।
सियारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तरगत  सियारी गाउँपालिकाका विद्यालयहरु  चिल्हिया माध्यमिक बिधालय ,जनता आधारभुत विद्यालय ,जनज्योति आधारभुत विद्यालय ,सिद्ध आधारभुत विद्यालय ,विरेन्द्र माध्यमिक विद्यालय र पब्लिक माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको छ। बाकी अन्य विद्यालयहरुमा क्रमशः छात्रवृत्ति वितरण गरिने शिक्षा शाखा प्रमुख सुधीर पौडेलले  जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रम  अन्तरगत आधारभुत तह कक्षा ( १-५) वाट १जना , आधारभुत तह कक्षा (१-८)वाट  १ जना , माध्यमिक तह कक्षा (९-१०) वाट १ जना , माध्यमिक तह कक्षा (११-१२) वाट १ जना , धार्मिक विद्यालयवाट १ जना ,सामुदायिक कलेजबाट छात्र  -१ जना छात्रा ,१ जनालाई छात्रवृत्ति वितरण गरिने पालिकाले जनाएको छ।