भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा सहभागी हुने टोलीलाई तिलोत्तमाद्धारा राष्ट्रिय झण्डा प्रदान

मेचीकाली संवाददाता

१० पुष २०८२, बिहीबार
171 shares

बुटवल । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले देशको इज्जत राख्ने खेलाडी उत्पादनमा नगरले सकेको सहयोग गर्दै आएको बताए । बुधबार जापान गोजुरियो मिसन नेपालको टोलीलाई शुभकामना तथा राष्ट्रिय झण्डा प्रदान गर्दै नगर प्रमुख खाणले सो कुरा बताए । तिलोत्तमाले आफ्नो क्षमताअनुसार खेल क्षेत्रलाई अगाढी बढाउन मद्दत गरेको भन्दै खेल क्षेत्रबाट नेपालको नाम राख्न र जीविकोपार्जनका लागि पनि सहज भएको बताए । सोही क्रममा उपमेयर जागेश्वरीदेवी चौधरीले खेलको विकासँगै आफ्नो अध्ययनलाई पनी निरन्तरता दिन अनुरोध गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम राख्न शुभकामना व्यक्त गरिन् ।

बधाई तथा शुभकामना कार्यक्रममा जापान गोजुरियो करातेका सल्लाहकार भरत क्षेत्री, बसन्त रोकासहित नगर खेलकुदका संयोकज लोक पुनलगायतले नेपालको सिर उचो राख्न शुभकामना प्रदान गरेका थिए । यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३०) मा भारतको पुनेमा हुने १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिप–२०८२ प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको नेतृत्वमा सो प्रतियोगितामा जान लागेको हो ।

संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबी राना काजीका अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल र सञ्चारकर्मीसहित २८ जनाको टोली भारत जानेछ । विगतका प्रतियोगितामा जस्तै यस वर्ष पनि नेपाली कराते खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्ण पदक जितेर नेपालको नाम उचो बनाउने रानाले विश्वास व्यक्त गरिएको छ । सो प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी लुम्बिनी प्रदेशबाट छन् पुस ११ गते बिहीबार बिहान १० बजे रुपन्देहीको बेलहिया नाकामा बिदाई कार्यक्रमपश्चात टोली भारत प्रस्थान गर्ने गोजुरियो संघका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।