नेपाल मगर संघद्धारा घर्तिमगरलाई सम्मान

मेचीकाली संवाददाता

१३ माघ २०८२, सोमबार
29 shares

मिलन गाहा

बुटवल । नेपाली मगर समुदायको राष्ट्रिय पर्व ‘माघ्या सकराटी’को अबशर पारेर नेपाल मगर संघ शाखा युएईका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष नेपाल आदीबासी जनजाति महॉसंघ युएईका सल्लाहकार तथा नेपाली समाज युएई सदस्य साथै तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्री नेत्र बहादुर घर्ति मगरलाई सम्मान गरेको छ ।

लामो समयदेखी युएई प्रबासमा रहेर पनी मगर समुदाय र खेलकुदमा अद्धितीय योगदान पुर्याएको भन्दै घर्तीलाई सो सम्मान प्रदान गरीएको हो । उनलाई नेपाल सरकारका पूर्व सुचना तथा संचार मन्त्री जगदीश खरेलद्धारा विशेष सम्मान प्रदान गरेको हो । घर्तीलाई सम्मान पत्र तथा दोसल्ला द्धारा सम्मान गरीएको हो ।

उनी नेपाल तथा यूएईका मान्यता प्राप्त तेक्वान्दो रेफ्री हुनुका साथै अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्री का रूपमा सक्रिय भुमीका निर्बाह गर्दे तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र प्रतिष्ठा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सम्मान ग्रहणपछि घर्ति मगरले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाउदै सेवा गर्न प्रेरित गरेको भन्दै आगामी दिनमा पनि खेलकुद मार्फत नेपालको नाम राख्ने काममा अग्रसर हुने र सामाजिक सेवामा निरन्तर योगदान गर्न हौसला प्रदान गरेको बताएका छन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपालका सम्माननीय प्रधानमन्त्री शुसिला कार्की विशिष्ट अतिथि सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल र माननीय उपसभामुख इन्दिरा राना मगरको उपस्थीती रहेको थियो । कार्यक्रम संस्थाका महासचीब टेक नामजालीको सञ्चालन तथा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षतमा भएको थियो ।

कार्यक्रममा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आले मगर, मगर संघ अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष नवीन रोका मगर, नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिवलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, विदेशी कूटनीतिज्ञ, खेलकुदकर्मी, समाजसेवी तथा मगर समुदायका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

माघ्या सकराती पर्वको अवसरमा भृकुटीमण्डपबाट पञ्चेबाजा झाँकीसहित ¥याली सहीत मगरको मौलीक पहीचान बोकेका कला सस्कृती हरु प्रदर्शन गरेका थिए । कार्यक्रममा लाखौ मगर समुदाय सहीत सबै समुदायको सकृय सहभागीता रहेको थियो ।