सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

मेचीकाली संवाददाता

२१ माघ २०८२, मंगलवार
118 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौ स्थापना दिवसको अवसरमा मंगलबार साधना महिला विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष महिलाहरुले अध्ययन गर्ने बुटवल–६ स्थित स्कूललाई शैक्षिक सामग्री उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको हो ।

सहकारीका जेष्ठ सदस्य हरिकला पाण्डे, सहकारीका उपाध्यक्ष विष्णुकुमारी गौतमले एक समारोहका बीच विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै सहकारीका उपाध्यक्ष गौतमले सहकारीले आफ्नो स्थापना दिवस सामाजिक कार्य गरेर मनाउँदै आइरहेको बताइन् । शिक्षाबाट बञ्चित महिला र बालिकाहरुलाई सानो भएर पनि सहयोग पुगोस भनेर सहयोग हस्तारण गरिएको उपाध्यक्ष गौतमको भनाइ छ ।

कार्यक्रममा साधना महिला विद्यालयका अध्यक्ष मोतिलाल जैसीले विद्यालयलाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे । सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको सहकारीका कोषाध्यक्ष सन्तोष केसीले बताए । सो अवसरमा सल्लाहकार राजेन्द्र ढकाल, राजेन्द्रप्रसाद शर्मा, सहकारीका व्यवस्थापक विमला अधिकारी, कक्षा १० का विद्यार्थी तथा चेली सहकारी देवदहको अध्यक्ष देवी अधिकारी लगायतले बोलेका थिए ।

सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमको अध्यक्षता, कोषाध्यक्ष सन्तोष केसीको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा, सदस्यहरु, लेखा सुपरीबेक्षण समितिका संयोजक एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को पहिलो बहुउद्देश्यीय सहकारी संस्था हो । सहकारी छोटो समयमा अब्बल र दरिलो वित्तीय संस्थाका रुपमा स्थापित भएको छ । स्थापना दिवसको अवसरमा सहकारीमा ११ जना नया सदस्य थापिएका छन् । जसमा जमुना बस्याल, सागर रायमाझी, सृजना विश्वकर्मा, सुप्रिम पाण्डे, सरस्वती न्यौपाने, रचना श्रेष्ठ, महेन्द्र पाण्डे, भगवती पौडेल, सकुन्तला ढकाल र किरण पौडेल रहेका छन । सहकारीमा ७५० भन्दा बढी शेयर सदस्य आबद्ध छन ।