यज्ञोदयमा महायज्ञमा दानवीरको घुइँचो

मेचीकाली संवाददाता

२२ माघ २०८२, बुधबार
24 shares


तुलसीराम पौडेल —
फर्साटिकर, माघ २१
रुपन्देहीको रुपन्देहीको शुद्वोदन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा संचालित माघ १६ गतेदेखि संचालित श्रीमद भागवत धनधान्यान्चल ज्ञान विज्ञान महायज्ञले सफलता पुर्वक अगाडी बढिरहेको छ।महायज्ञको शुरु भएको छैटौं दिन बुधबार
पनि भक्तजनहरुको यज्ञप्रती आकर्षण बढिरहेको छ।बुधबार

मात्र २०लाख ६९ हजार ५ सय ६३ रुपैयाँ संकलन भएको सचिवालयले जानकारी दिएको छ ।सचिवालयले दिएको जानकारी अनुसार महायज्ञको छैठौं दिन बुधबार सम्म जम्मा ७० लाख ३४ हजार ४ सय २० रुपैयाँ संकलन भएको छ
बुटवल -१२ तामनगर निवासी जगतनाथ शर्माले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ , शुद्वोदन -२ भुजौली निवासी उमाकान्त चापागाईंले १ लाख ११ हजार १ सय १५ रुपैयाँ ,शुद्वोदन -३ मैनहिया निवासी दिलमाया ढकालले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र शुद्वोदन -३ निवासी बेनि माधब रेग्मीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान दिएका छन् ।

।क्याम्पसमा नया प्राविधिक कार्यक्रमहरु  BBA (Bachelor of Business Administration), BITM( Bachelor of Information Technology Management ) ,
BCA( Bachelor of Computer Application ),
PGD (Post Graduate in diploma ) सम्बन्ध प्राप्त गरि संचालन गर्नको लागि महायज्ञको आयोजना गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ।
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस २०५९ सालमा तत्कालीन शिक्षाप्रेमी अगुवाहरूको परिकल्पना सहित महायज्ञको जगबाट स्थापित भई स्नातक तहका कक्षाहरु BA, B.ED , BBS संचालन भएको र २०६९ मा पुन अर्को सफल महायज्ञको माध्यमबाट यस क्षेत्रमा स्नातकोत्तर तह MBS सम्मको शिक्षा प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय गुणस्तर प्रत्याययन प्रमाणपत्र Q AA प्राप्त क्याम्पस हो।

माघ १६ गतेदेखि २३ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख वाचक सुप्रसिद्ध कथावाचक गुरु श्री चैतन्य कृष्ण महाराजज्यूको मुखारविन्दबाट दैनिक रूपमा सुमधुर संगीतमय लिलामय अलौकिक प्रवचन भैरहेको छ।