पश्चिम् अमवा खानेपानीको १३ औं साधारण सभा

मेचीकाली संवाददाता

१२ चैत्र २०८२, बिहीबार
16 shares


तुलसी राम पौडेल
सियारी, चैत १२
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको  १३ औं वार्षिक साधारण सभा हालै सम्पन्न भयो ।खानेपानी सरसफाइ महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धितालले साधारण सभाको उद्वाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले शुद्ध खानेपानीको प्रयोगबाट नै अधिकान्स रोगहरु निर्मुल हुने बताउनु भयो ।कार्यक्रममा संस्थाका पुर्व उपाध्यक्ष रत्नबहादुर पौडेल ,समाजसेवीहरु रुद्र रानाभाट ,भरतराज अर्याल ,गङ्गाधर बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे
संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता तथा जिल्ला खानेपानी तथा सरसफाइ महासंघका रुपन्देहीका  अध्यक्ष ध्रुव कुमार धितालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष झपेन्द्र राज अर्यालको वार्षिक प्रतिवेदन प्रस्तुत ,संस्थाका उपाध्यक्ष सुर्यनारायण अर्यालको स्वागत मन्तव्य ,कोषाध्यक्ष कपिल न्यौपानेको आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक श्रीराम न्यौपानेको लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रमको संचालन संस्थाका सचिव केशव प्रसाद अधिकारीले गर्नुभएको थियो ।