लुम्बिनी बोर्डिङ स्कुलद्वारा एसईई उत्तीर्णलाई सम्मान

मेचीकाली संवाददाता

२ जेष्ठ २०८३, शनिबार
25 shares

बुटवल। बुटवल–३ गोलपार्कस्थित लुम्बिनी बोर्डिङ स्कुलले एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । शनिबारमा कार्यक्रम गरी विद्यालयले चार जीपीएसहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयबाट २ जना विद्यार्थीले चार जीपीएसहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सम्मान कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले एसईईमा प्राप्त नतिजालाई सहज रुपमा स्वीकार गरी उच्च शिक्षामा संकल्प र मेहेनत गर्न विद्यार्थीलाई सुझाव दिए । चार जीपीए ल्याएर उत्तीर्ण हुँदा वडाको समेत गौरवको विषय बताउँदै उनले आगामी दिनमा पनि यस्तै नतिजा ल्याउँदै जानुपर्ने बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य यज्ञमूर्ति पाण्डेले लुम्बिनी बोर्डिङले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरेकाले उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको बताए । मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यालयको नजिताले अभिभावक र विद्यार्थीमा उत्साह थपेको बताए । कार्यक्रममा विद्यालयका प्राचार्य लालहरि पाण्डेले विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अहिलेको नतिजाले झनै सशक्त बनाएको बताए । पाण्डेले स्कुलमा विद्यार्थीलाई किताबी ज्ञानसँगै रचनात्मक ज्ञान र सीप सिकाइमा पनि स्कुलको जोड रहेको बताए । सम्मानपछि बाजागाजासहित विद्यार्थी, शिक्षक र अभिभावकसहितको टिम बजार परिक्रमा गरेको थिए ।