बुटवल। उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा मंगलबार बुटवलको सेमलारमा उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बुटवल वडा नम्बर १५ र १६ उपभोत्तालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्ताको खाद्य कुरामा उपभोक्ता आफै सचेत बन्नुपर्ने बताइन् ।
सो अवसरमा उपमहानगरपालिकाका प्रवक्ता शिव राना, अनुगमन महाशाखा प्रमुख निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए । सो अवसरमा नगरपालिकाका सातौँ अधिकृत ठगिश्वर पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीलगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको स्वागत सारदा पौडेल र धन्यवाद ज्ञापन लक्ष्मी अर्यालले गरेकी थिइन् । बसन्ता गैरको सञ्चालक कार्यक्रम सम्पन्न भएको थियो ।
