नागर्जूनको सून्यवाद

मेचीकाली संवाददाता

६ जेष्ठ २०८३, बुधबार
40 shares

बलबहादुर आचार्य

यस संसारमा रहेका बस्तु तथा घटनाहरुको कारण के हो ? के कारणवाट यसको उदय र पतन हुन्छ ? हरेक घटना वा विषय बस्तुको के हो ? कसरी हो ? किन हो ? आदी प्रश्नहरुको उत्तरको खोजी नै दर्शन हो । संसारका बस्तुहरु हेर्नु अध्ययन गर्नु, विश्लेषण गर्नु र निश्कर्षमा पुग्नु नै दर्शन हो । यो जीवन र जगतलाई हेर्ने, बुझ्ने र बुझ्नका लागि मार्ग दर्शन गर्ने विचार प्रणाली पनि हो ।

दर्शन सँस्कृत भाषाको दृश् धातुवाट बनेको हो र यसको अर्थ देख्नु अवलोकन गर्नु वा सत्यलाई बुझ्नु हो । दर्शन भनेको केवल आँखाले देख्नु मात्र होइन, देखेको बस्तुलाई गहिरो गरी बुझ्नु र मनन गर्नु पनि हो । दर्शन एउटा आफैमा विशाल विषय बस्तु भएको शव्द पनि हो । दर्शनले मौलिक चिन्तन, तार्किक विवेचना, आदर्श र मुल्यका विषयलाई समेटदै जीवन र जगत प्रतिको सर्वाङ्गीण दृष्टिकोण बोकेको हुन्छ । भुगोलका हिसावमा पूर्वीय र पश्चिमा भनी बर्गिर्करण गरिएको यस दर्शनलाई विचार वा दृष्टिकोणका आधारमा भौतिकवादी र अध्यात्मवादी भनि विभाजन गरिएको छ ।

चेतना, आत्मा वा इश्वरलाई मुल सत्य मान्दै पदार्थलाई अस्विकार गर्ने अध्यात्मवादी दर्शनमा साँख्य, योग, न्याय, बैशेषिक, पुर्व मिमान्स र उत्तर मिमान्स पर्दछन भने पदार्थलाई मुल सत्य मान्ने र आत्मा वा इश्वरलाई अस्विकार गर्ने भौतिकवादी दर्शनमा चार्वाक, बौद्ध र जैन धर्म पर्दछन । बौद्ध धर्मलाई मूलतः भौतिकवादी दर्शन भनिए पनि यसको व्याख्या मध्य मार्गवाट अगाडी बढेको पाइन्छ । बस्तुको उत्पतिको मुल कारण भौतिकवादी भए पनि बस्तुको कर्मका आधारमा कर्मफल अनिवार्य हुने कारण प्राणीको भौतिक शरिरको अन्त्य भए पछि चेतन तत्व परिवर्तित रुपमा रुपान्तर वा स्थानान्तरण हुन्छ भन्ने बारेमा थप व्याख्या रहेको छ जो पुनर्जन्मको एउटा रुपका पक्षमा देखिन्छ ।

बुद्धले कतिपय दार्शनिक पक्षहरु निर्वचनीय भएको उल्लेख गरेका थिए र बुद्धको महापरिनिर्वाण पछि उनका उच्च बौद्विक शिष्यहरुले दर्शनका बारेमा व्याख्या विश्लेण गर्ने र बुद्धले दिएको मुल दर्शन प्रतित्यसमुत्पादका बारेमा विभिन्न किसिमवाट ख्याख्या र प्रमाणित गर्ने कार्यहरु गरेका छन् । यी दार्शनिक भिक्षुहरुमा शारीपुत्र (५–४ इ.पू.), नागार्जून (इशा २–३), असंग (इशा ४–५), धर्मकिति (इशा ६–७ ) आदी प्रमुख रुपमा रहेका छन् ।

यीनै दार्शनिक मध्येका असाद्धै विद्वान व्यक्तित्वका रुपमा रहेका नागाजुनले बुद्धको प्रतित्यसमुतपादको दर्शनलाई व्याख्या गर्दै माध्यमिक दर्शनका रुपमा सुन्यवादको प्रतिवादन गरेका थिए । नागार्जूनका अनुसार संसारका सवै बस्तुहरुको रुप सून्य छ । यस जगतका सवै वस्तुहरु अनित्य छन र यीनीहरुको आफ्नो स्थायी रुप वा अस्तित्व हुदैन । यस संसारका कुनै पनि बस्तुको उत्पति र विनास स्वतः (स्वयम विनाकारण उत्पति हुन्छ ) वा परतः ( अलौकिक रुपमा वा अरुकाकारण उत्पन्न नै हुनु ) हुदैन बरु एक अर्काको निर्भिरतामा हुन्छ । बस्तुमा आफ्नै स्वभाव हुदैन र यो अरुको सहारामा आफ्नो अस्थायी अस्तित्व बचाई रहने भएकोले यसलाई सून्य भनिएको हो भने सुन्य भनेका जिरो वा अस्तित्वहीन भने होइन । यस दर्शनले बुद्ध धर्मको मध्य मार्गको व्याख्या गर्दै आत्माका सन्दर्भमा श्वाश्वतवाद (शरिर नष्ट भए पनि आत्मा अमर रहन्छ) र उच्छेदवाद ( मृत्यु पछि आत्मा वा चेतना पूर्ण रुपमा नष्ट हुन्छ) को विकल्पमा विचको बाटो अवलम्वन गरेको छ । यस दर्शनका अनुसार न त आत्मा वा चेतना पूर्ण रुपमा अन्त्य हुन्छ न त आत्मा जस्ताको तस्तै अन्यमा रुपान्तरण हुन्छ बरु प्राणीको आत्मा वा चेतना कर्मको फलका आधारमा रुपान्तरण हुन्छ भन्ने प्रतित्यसमुत्पादको सिद्धान्तको आधारमा रुपान्तरण हुन्छ ।

दर्शनलाई सून्यता वा माध्यमिक दर्शनको रुपमा चिनिन्छि ।
यस दर्शनको विकास र प्रवर्धन गर्ने भारतका महान विव्दान एवं भिक्षु नागार्जुन (इ स १५० २००) हुन । उनी दर्शन लगायतका विभिन्न विषयका प्रकाण्ड विव्दान भएका थिए र उनले महायान बौद्ध दर्शमा गरेका महत्वपूर्ण योगदानका कारण उनलाई बुद्ध पछिका दोस्रो बुद्ध भनेर पनि चिनिन्छ । बुद्धको महापरिनिर्वाण पछि बुद्ध धर्ममा बुद्धले निर्वचनीय भनेका विषयहरुमा विभिन्न बौद्धमार्गी भिक्ष्ुाहरुले यसको व्याख्या र विश्लेषण गर्दै आएका थिए । यहि क्रमको अगुवा विव्दानका रुपमा उनले बुद्ध दर्शनको प्रमुख विषय प्रतित्य समुत्पादको विषयलाई व्याख्या गर्दै माध्यमिक वा सुन्यवादी दर्शनको विकास र प्रवर्धन गरेका थिए। यस दर्शनको व्याख्याले तत्कालिन भारत बर्षमा निकै चर्चा र महत्व पाउनका साथै यसको आलोचनाहरु समेत भएको थियो ।

यस दर्शनले जगतका सम्पूर्ण बस्तु (धर्म) हरुको रुप सुन्य छ भन्ने विचार राख्दछ । यसको मलतव बस्तुहरु सून्य जिरो भन्ने होइन कि हरेक बस्तुको आफ्नो स्थायीत्व वा स्वगुणहरु हुदैनन् । यी हरेक बस्तुहरुको उत्पत्ति र विकासमामा अन्य धेरै बस्तुहरुको सहकार्य वा निर्भरता र कार्यकारण सिद्धान्तले काम गरेको हुन्छ । सो बस्तुले आफ्नो पहिचान वा अस्तित्व यहि कार्यकारण सिद्धान्तका आधारमा देखाएको हुन्छ । तसर्थ संसारका हरेक बस्तु आफ्नो स्वभाव विना नै अस्तित्वमा रहेका हुन्छन् ।
यस दर्शनको मुल बोद्ध ग्रन्थ मुलमाध्यमिककारिका हो । यसमा २७ अध्याय रहेका छन् । यस दर्शनका लेखक विव्दान बौद्ध दार्शनिक नागार्जुन ( सन १५०–२००) द्वारा दोस्रो शताव्दिमा लेखिएको छन्दात्मक ग्रन्थ हो । यो बुद्ध धर्मको महत्वपूर्ण विचार प्रतित्यसमुत्पादको विचारलाई व्याख्या गर्ने गरी छन्दात्मक शेलीमा लेखिएको महायान बौद्ध समुदायको ज्यादै महत्वपूर्ण ग्रन्थ हो ।

मुलमाध्यमिककारिकाको एउटा श्लोकमा यसो भनिएको छ । अप्रतित्यसमुत्पन्नं किंजीदास्ति इहं यत्रचित्, अतो नास्ति स्वभावोकस्ति न क्वचित्कस्यचित्क्वचित् । अर्थात यस संसारमा कुनै पनि वस्तुु अप्रतित्वसमुत्पन्न भएको छैन, त्यसैले कुनै पनि धर्म (बस्तु)को स्वभाव ( स्वतन्त्र र स्थायी) कतै पनि छैन् । तसर्थ संसारमा जुनसुकै पनि बस्तु एक अर्काको सहारावाट मात्र उत्पन्न हुने भएकोले बस्तुको आफ्नै स्वभाव हुदैन तसर्थ त्यस बस्तुको स्वभाव सुन्य हुन्छ । यस दर्शनमा विद्वानले यी तीनवाट विषयहरुलाई व्याख्या गर्ने प्रयास गरेका छन् । प्रतित्यसमुत्पाद, स्वभाव एवं सून्यता र मध्यम मार्ग ।

प्रतित्य समुत्पाद
संसारमा कुनै बस्तु न त स्वतः आफ्नै मौलिक गुण वा कारणको आधारमा उत्पन्न हुन्छ नतः मात्र अरुको कारणवाट मात्र उत्पन्न हुन्छ । बस्तुको उत्पन्न विभिन्न कारणहरुको समूच्चयका रुपमा मात्र हुन्छ । तसर्थ बस्तुको उत्पत्ति वा विनास कार्य कारण सिद्धान्तका आधारमा मात्र हुन्छ । जस्तै एउटा विउवाट विरुवाको उत्पन्न हुनका कारण माटो, पानी, सूर्यको किरण, हावा आदी बस्तुहरुको संपर्क र कार्यवाट उत्पन्न हुन्छ । मानिसमा एउटा विचार वा ज्ञान उत्पन्न हुनका लागि पनि बन्द कोठा वा बाताबरणमा रहेर होइन कि समाजका विभिन्न भौतिक परिस्थितिहरुमा जान्छ अध्ययन गर्ने विश्लेषण गर्ने र निश्कर्षहरुको मन्थनवाट मात्र ज्ञान उत्पन्न हुन्छ । तसर्थ प्रतित्य समुत्पाद भनेको कुनै पनि बस्तु उत्पन्न हुनका लागि चाहिने कारण वा आधारहरु हुन । इदं अस्ति तस्मात् इदं भवति, इदं नास्ति तस्मात इदं नभवति । यो छ भने त्यो हुन्छ, यो छैन भने त्यो हुदैन् । यहि नै प्रतित्यसमुत्पाद हो ।