लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमनरश्मी श्रेष्ठ

मेचीकाली संवाददाता

७ जेष्ठ २०८३, बिहीबार
22 shares

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ निर्वाचित भएका छन । क्लबको बुधबार सम्पन्न १७ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । क्लबको प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्धितीय उपाध्यक्षमा महेश पौडेल क्षेत्री, तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा रेशम न्यौपाने र कोषाध्यक्षमा प्रदीप ढकाल चयन भएका छन् ।

क्लबको एलसिआइएफ कोअडिनेटर सन्दिप पौडेल, मेम्बरसिप डाइरेक्टर राजन पाठक, पिआरओ ओशिन श्रेष्ठ र सर्भिस चेयरपर्सन तारा पुरी चयन भएका छन । क्लबले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा निर्वाचन आयुक्त राजु खत्री, संस्थापक अध्यक्ष मुक्ति श्रेष्ठ, पूर्व अध्यक्ष बाबुराम बोहोरा, गोपाल पाण्डे र विष्णु उपाध्यायले बोलेका थिए ।