बुटवल । सरकारले बुटवल–नारायणगढ सडक आयोजना शीघ्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३र०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक छिट्टै सम्पन्न गरिने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेका अनुसार ११४ किलोमिटर लम्बाइको उक्त सडक आयोजनाको भौतिक प्रगति हाल ९१ प्रतिशत पुगेको छ ।
बजेट वक्तव्यमा सडक आयोजनाको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको योजना रहेको उल्लेख गरिएको छ ।
