सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार
47 shares

बुटवल । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७।३ प्रतिशत महँगी बढेको उनले बताए ।