वालिङ । स्याङ्जा वालिङ-८ स्थित वालिङ स्केट सिटी हलको आयोजना तथा सप्तक डान्स स्टुडियोको संयोजनमा पत्रकार भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्यताका साथ सम्पन्न भएको छ।
खेलकुद र कला सँग संस्कार र संस्कृति भन्ने मुख्य नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार दिनको स्केट सिटी हलको प्राङ्गणमा सयोजक देवराज गैह्रेले सञ्चालन गरेका थिए ।
कार्यक्रममा स्थानीय पत्रकार, कलाकार, खेलप्रेमी तथा विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पत्रकार भेटघाटका क्रममा आयोजकहरूले क्षेत्रमा खेलकुद विशेष गरी स्केटिङ र कला क्षेत्रको विकासका लागि आगामी योजनाहरूका बारेमा जानकारी गराएका थिए।
सोही अवसरमा सप्तक डान्स स्टुडियोका कलाकारहरूले उत्कृष्ट नृत्य तथा विभिन्न सांस्कृतिक कलाहरू प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। कला र खेलकुदलाई संस्कार र संस्कृतिसँग जोड्दै युवा पुस्तालाई सकारात्मक बाटोमा डोर्याउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने सयोजक गैहेले बताए ।
