नेपाली बजारमा भिडाको प्रवेश, थाल्यो अन्तर्राष्ट्रिय यात्रा

मेचीकाली संवाददाता

११ श्रावण २०८३, सोमबार
1 shares

बुटवल । हिरोद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो । भिडा भीएक्स २ सिरिज तथा युवापुस्ता लक्षित भिडा डर्ट इके ३ विद्युतीय अफरोड मोटरसाइकल अब नेपाली बजारमा लन्च गरेको छ । दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भीएक्स २ ले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरको रहेको कम्पनीको दाबी छ ।

त्यस्तै भिडा डर्ट इके ३ ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्नेछ । नेपालमा भिडाका उत्पादन सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो । भिडा सार्वजनिक कार्यक्रममा हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी चिफ बिजनेस अफिसर कौशल्या नन्दकुमारले भनिन्,‘भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो ।’ त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएको बताए ।

भिडा भीएक्स २ः दुई फरक भेरियन्ट–भीएक्स २ प्लस र भीएक्स २ गो मा उपलब्ध हुनेछ । भीएक्स २ प्लस नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो । यसमा ४.४ किलोवाट (दुईवटा २.२ किलोवाट निकाल्न मिल्ने) ब्याट्री क्षमता छ । यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्छ । यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति केवल ३.१ सेकेन्डमा लिन सक्छ । साथै डिसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै भीएक्स २ गो मा २.२ किलोवाट निकाल्न मिल्ने ब्याट्री रहेको छ । जसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज प्रदान गर्छ । यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा छ । ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.२ सेकेन्डमा हासिल गर्न सक्छ । यसमा पनि ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेट प्रयोग गरी निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा छ । साथै माई भिडा एप, नेभिगेसन, कल तथा एसएमएस सूचना, र ओभर द एयर (ओटीए) अपडेटजस्ता स्मार्ट कनेक्टेड सुविधा पनि उपलब्ध छन् ।

भिडा भिडा डर्ट इके ३ विशेषगरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरी उत्पादन गरिएको विद्युतीय अफ–रोड बाइक हो । यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने Adaptive System रहेको छ, जसले लामो समयसम्म आरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ ।

यसमा अभिभावकहरूले बाइकको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड चयन गर्न सक्नेछन् । यी मोडहरूमा मोडल १ (८–९ किमी/घण्टा), मोडल २ (१७–१८ किमी÷घण्टा) तथा मोडल ३ (२३–२४ किमी/घण्टा) समावेश छन् । ३५० वाट मोटर तथा ३६० पध्ज निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यस बाइकले सडक अवस्था र प्रयोग मोडअनुसार ३ घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्छ । यसको ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २ घण्टा लाग्छ ।

उत्कृष्ट डिजाइन र नवीन प्रविधिका लागि भिडा डर्ट इके ३ ले प्रतिष्ठित अवार्डसमेत प्राप्त गरिसकेको छ । सन् २०१४ देखि नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर सुदृढ बनाउँदै आएको हिरो मोटोकर्पले एक दशकभन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जित्दै आएको छ । भिडा विद्युतीय उत्पादनहरूको नेपाल प्रवेशसँगै कम्पनीले स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ ।