मुक्ति न्यौपाने
वालिङ । नगरस्तरीय खेलकुदमा रुचि राख्ने बालबालिकाहरूलाई लक्षित गर्दै स्याङ्जाको वालिङमा जिम्न्या्टिक प्रशिक्षण अभियान सञ्चालन भइरहेको छ। भारतीय पेन्सन क्याम्प, वालिङमा जारी प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरूले राष्ट्रियस्तरको प्रतियोगितामा समेत आफ्नो स्थान बनाउन सफल भएका छन्।
यस संस्थामा प्रशिक्षण लिइरहेकामध्ये ३ बालिका र ४ बालक गरी कुल ७ जना खेलाडी १० औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका हुन्।
उक्त प्रशिक्षणमा वालिङ क्षेत्रका गरी ४१ जना बालबालिकाहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन्। खेलप्रतिको अभिरुचि बढाउन र स्थानीयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो।
प्रशिक्षण कार्यक्रममा खेलको कोच तथा क्याप्टेन ताराप्रसाद श्रेष्ठ र प्रहरी सहायक निरीक्षक कुमार श्रेष्ठले संयुक्त रूपमा बालबालिकाहरूलाई भलिबलका आधारभूत कौशल, खेल अनुशासन तथा शारीरिक सुगठनसम्बन्धी प्रशिक्षण दिँदै आएका छन् ।
बालबालिकाहरु उत्साहित भइ खेल खेल्दा शारीरिक र मानसिक रुपमा मनोबल बढ्दै गएकोमा उत्साहित छन्।
