सञ्चय बचत तथा ऋण सहकारीको   अध्यक्षमा प्रेमबहादुर रोकाहा सर्वसम्मत  निर्वाचित

मेचीकाली संवाददाता

१९ आश्विन २०८३, सोमबार
1 shares

तुलसीराम पौडेल
सियारी, असोज १८

रुपन्देहीको सियारी गाउँपालिका-५ स्थित सञ्चय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारणसभा तथा पाँचौं निर्वाचन आइतबार सम्पन्न भएको छ।

सम्पन्न साधारणसभा तथा निर्वाचनले प्रेमबहादुर रोकाहाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा बसन्तराज भट्टराई, सचिवमा लक्ष्मण पराजुली, कोषाध्यक्षमा भगवती कँडेल भुसाल रहनुभएको छ।

यस्तै सदस्यहरुमा लेखनाथ भुसाल, तिला कुमारी पराजुली, ज्ञानबहादुर थापा क्षेत्री र प्रकाश पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसैगरी लेखा समितिको संयोजकमा गोपाल पोख्रेल र सदस्यहरुमा विष्णु तिवारी र मोतिसरा खरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

निर्वाचन उपसमितिको संयोजकमा मिनप्रसाद भट्टराई तथा सदस्यहरुमा थम्मन बहादुर पौडेल र नरेश प्रसाद थान्जु रहनुभएको थियो।

कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष यमबहादुर रोकाहाको अध्यक्षता एवं संस्थापक अध्यक्ष नरेश प्रसाद थान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष भागिरथ (रवि) पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यसमिति सदस्य तिला कुमारी पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साधारणसभामा निवर्तमान अध्यक्ष यमबहादुर रोकाहाले संस्थाको वार्षिक प्रतिवेदन, निवर्तमान सचिव बसन्त भट्टराईले सचिवको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष पार्वती बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाको अवसरमा ७० वर्ष पार गरेका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा सियारी-५ का वडाध्यक्ष धनपति खरेल, शेयर सदस्य प्रेम पोखरेल र निवर्तमान सल्लाहकार प्रेमबहादुर रोकाहा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।