दक्षिण कोरियामा अध्ययनबारे बुटवलमा जानकारी मूलक सेमिनार

मेचीकाली संवाददाता

२२ आश्विन २०८३, बिहीबार
1 shares

बुटवल, असोज २१ । दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी बुटवलमा जानकारीमूलक सेमिनार गरिएको छ । बी.टी.एस. कन्सल्टेन्सी र बिबिसी ग्लोबल एजुकेशनको संयुक्त आयोजनामा ‘स्टडी इन साउथ कोरिया इन्फर्मेसन सेमिनार’ आयोजना गरिएको थियो । विद्यार्थीहरुलाई सेमिनारमा दक्षिण कोरियामा अध्ययनका लागि आवश्यक शैक्षिक योग्यता, विश्वविद्यालय तथा विषय छनोट, आवेदन प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया, अध्ययनपछिका अवसरलगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै दक्षिण कोरियाका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि प्रोफेसर मिस्टर पार्कले कोरियामा अबको दश वर्ष पढने र कमाउनेका लागि ठूलो अवसर भएको बताए । उनले नेपाली विद्यार्थीका लागि कोरिया धेरै राम्रो अवसर रहेको बताए ।
कार्यक्रममा बिबिसी ग्लोबल एजुकेशनका प्रमुख डिबी रायमाझीले करियामा अहिले अन्तर्राष्ट्रिय विद्यार्थी प्राथामिकतामा रहेको बताउदै अबको भविश्व दक्षिण कोरियालाई बनाउ विद्यार्थीलाई सुझाव दिए । बिटिएस कन्सलटेन्सीको विज्ञान क्षेत्रीले अबको दशक कोरिया विद्यार्थीको रोजाइ बन्ने बताए । खेम खत्रीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रमको सञ्चालन बिटिएस कन्सलटेन्सीका डाइरेक्टर रेशमबाबु खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । दक्षिण कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरिएको कार्यक्रमले सहयोग पुग्ने आयोजकको अपेक्षा गरिएको छ ।