उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराई

मेचीकाली संवाददाता

२४ आश्विन २०८३, शनिबार
10 shares

बुटवल । उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायीका समस्या समाधान र निजी क्षेत्रको सशक्त प्रतिनिधित्वका लागि व्यवसायी सुरज भट्टराई बुटवल उद्योग वाणिज्य संघको २६ औं अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

व्यवसायिक क्षेत्रमा तीन दशकदेखि सक्रिय भट्टराई व्यवसायिका दैनिक समस्या, बजारको चुनौती र राज्यका नीति–नियमले निजी क्षेत्रमा पारिरहेको प्रभावलाई नजिकबाट बुझने व्यवसायीका रूपमा परिचित छन् । व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि केवल व्यक्तिगत पहल पर्याप्त नहुने भन्दै उनले संस्थागत नेतृत्वमार्फत व्यवसायीको साझा आवाजलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । भट्टराई नरिश्वर पौडेलको टिमबाट वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुन ।

भट्टराईको उम्मेदवारी केवल पद प्राप्तिका लागि नभई उद्योगी–व्यवसायीको हकहित, सम्मान र व्यावसायिक वातावरण निर्माणका लागि हो । उनले व्यवसायीमैत्री नीति निर्माणका लागि सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय, लगानीको वातावरण सुधार, स्थानीय उद्योग तथा व्यवसायको प्रवद्र्धन र युवा पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तता, बढ्दो प्रतिस्पर्धा, बजारको अनिश्चितता, कर तथा प्रशासनिक झन्झटलगायतका कारण व्यवसायीले विभिन्न चुनौती सामना गरिरहेका छन् ।

यस्तो अवस्थामा नेतृत्वले व्यवसायिका समस्या सुन्ने मात्र होइन, समाधानका लागि सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले आवाज पु¥याउन सक्नुपर्ने भट्टराईको बुझाइ छ । उद्योगी–व्यवसायीबिच एकता, सहकार्य र पारदर्शी नेतृत्व आवश्यक रहेको बताउँदै भट्टराईले आफू निर्वाचित भएमा सबै व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । साना, मझौला तथा ठुला व्यवसायीका फरकफरक समस्या पहिचान गरी समाधानका लागि संस्थागत पहल गर्ने उनको योजना छ । दुई कार्यकाल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य र एक कार्यकाल उद्योग उपाध्यक्ष भएर काम गरेको अनुभव भट्टराईसँग छ । ‘पदभन्दा ठुलो जिम्मेवारी हो, नेतृत्वभन्दा ठुलो व्यवसायीको विश्वास हो’ भन्ने भावनाका साथ अघि बढेका भट्टराईले आगामी अधिवेशनलाई व्यवसायीको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा भट्टराईले आफ्नो उम्मेदवारीलाई लिएका छन् ।

व्यवसायीको समस्या बुझ्ने अनुभव, सहकार्यमा विश्वास र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित सुरज वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायीमाझ आफ्नो उम्मेदवारी रहने सुरजले बताए । अबको नेतृत्वले व्यवसायीको आवाजलाई अझ प्रभावकारी बनाउँदै निजी क्षेत्रको सम्मान र सम्भावनालाई नयाँ उचाइमा पु¥याउनुपर्ने उनको मुख्य एजेन्डा रहेको उनको भनाइ छ । उनी २०५३ देखि औषधीको ट्रेडिङतर्फ सनराइज मेडिसिन सप्लार्यसका प्रोपराइटर पनि हुन् । उनी विगत १३ वर्षदेखि औषधी उद्योगको क्षेत्रमा ग्रेस फार्मास्युटिकल्स प्रालिको सञ्चालकको रुपमा कार्यरत छन् ।

सँगै आयुर्वेदिक तथा एलोपेथिक गरी २ वटा उद्योगमा २५० जनालाई रोजगारी दिएका छन् । उनी क्रिमसन अस्पतालको फाउण्डर, क्रिमसन कलेजको सञ्चालक, औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको संस्थापक अध्यक्ष, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लायन्स क्लब अफ् सिद्धबाबा र रोटरी क्लब अफसहित विभिन्न संघ÷संस्थामा जोडिएर सामाजिक क्षेत्रमा पनि काम गरेको लामो अनुभव छ ।