तुलसीराम पौडेल
सियारी, मंसिर ७
रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले गर्नुभएको हो।
अध्यक्ष कप प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरूबाट गरी जम्मा १५ वटा क्रिकेट टिम सहभागी भएका छन्।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

सोमबार वडा नम्बर ४ B र वडा नम्बर २ B बीच भएको खेलमा वडा नम्बर २ B विजयी भएको खेल प्रशिक्षक घनश्याम थारुले जानकारी दिनुभयो।
प्रतियोगिता मंसिर ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता सियारी वडा नम्बर ४ छपियामा सञ्चालन भइरहेको छ।
कार्यक्रमको अध्यक्षता सियारी गाउँपालिका खेलकुद विकास समिति संयोजक गोपाल ज्ञवालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष तारा थारुले राख्नुभएको थियो।


