समृद्ध प्रदेशको लक्ष्य साकार पार्नुछः लिला गिरी

मेचीकाली संवाददाता

३० कार्तिक २०७९, बुधबार
287 shares

बुटवल। नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज, लुम्बिनी प्रदेश सरकारका संस्थापकमन्त्री लिला गिरी यसक्षेत्रका सरल, इमानदार र सादगी नेताका रुपमा चिनिन्छन् । सालिन र अनुशासित नेताले राजनीतिलाई समाजसेवाका रुपमा लिँदै आएका छन् ।

अनेक नाममा पेशा व्यवसाय गर्ने, लाभको पद प्राप्त गर्ने र राजनीतिलाई पनि व्यवसाय बनाउने कतिपय नेताहरु पनि छन् । तर, लिला गिरी भने यस्ता आरोपबाट अहिलेसम्म मुक्त छन् । अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारीता उनको अर्को परिचय हो । रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभामा उनी अहिले एमालेबाट उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेश सरकारमा संस्थापक मन्त्रीसमेत बनेर अनुभव हासिल गरेका नेता गिरीले समृद्ध लुम्बिनी प्रदेश निर्माणको खाकालाई साकार पार्न जरुरी रहेकाले उम्मेदवार बनेको बताउँछन् । उनी भन्छन्,‘यो देशको मुहार फेर्नुछ, जनताको जीवनस्तरमा सुधार ल्याउनु छ ।’
लुम्बिनी प्रदेशमा समृद्धिका आधार तयार पार्ने, के कस्ता कामबाट समृद्धि हासिल गर्न सकिन्छ भन्ने कार्ययोजना तयार पार्ने काममा गिरीको समेत नेतृत्वदायी भूमिका छ । तिनै तयार भएका आधारलाई साकार पार्ने अवसरको खाँचो रहेको उनको भनाइ छ ।

गाविस अध्यक्ष हुँदा बसाएको जग
शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित हुँदा नेता गिरीले अगाडि सारेका योजनाबद्ध विकास नै उनको जनप्रतिनिधिकाल सफल रहेको प्रष्ट हुन्छ । अहिलेको समृद्ध बन्दै गरेको तिलोत्तमा नगरपालिकाको जग गिरी गाविस अध्यक्ष हुँदा बसालेका थिए ।वि.सं.२०६१ माघ १९ गते तत्कालीन शाही कदमको विरोधमा आन्दोलनको नेतृत्व गरेको भन्दै गिरीलाई प्रहरीले पक्राउ ग¥यो र जेल चलान ग¥यो । त्यसबेला जेलमा बस्दा बनाएको योजना उनले २०६२÷६३ को आन्दोलनमा यहाँको कमाण्ड सम्हालेर साकार पारे । आन्दोलन सफल भयो, राजनीतिक व्यवस्था बदलियो, नयाँ संविधान बन्यो र संविधानको कार्यान्वयन हुँदै पहिलो चुनाव भयो । चुनावमा नेकपा एमालेबाट रुपन्देही क्षेत्र नंं २(१) मा प्रदेशसभामा निर्वाचित भएर थप अनुभव हसिल गरे । अहिले त्यसबेला लिएका योजना साकार पार्ने भूमिकाको खोजीमा नेता गिरी रहेका छन् ।

जनताको जीवनस्तर सुधार्दै बृहत् मेगासिटीका अवधारणा
बाल्यकालदेखि नै तत्कालीन समाजमा रहेको व्यवस्थाका विरुद्ध जुटेका र अहिलेको नयाँ राजनीतिक व्यवस्था बहाली गराउनेसम्मका विभिन्न चरणका आन्दोलनमा गिरीको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका छ । राजनीतिक व्यवस्था बदलियो अब जनताको अवस्था बदल्नुछ,’ गिरी भन्छन्,‘नयाँ व्यवस्थाको अनुभूति दिलाउनका लागि पनि अब अवस्था बदल्नुपर्ने छ ।’
बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास, एसियाकै ठूलो राप्ती उपत्यका, तराई, पहाड र हिमाल समेटिएको, बहुल संस्कृति, भेषभूषा, जातजाति रहेको लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने आधार तयार पार्ने काममा लिला गिरीको नेतृत्वदायी भूमिका छ ।

लुम्बिनी प्रदेशका समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्न उपयुक्त कार्यक्रम बनाउने काम पनि उनकै अगुवाईमा भएको छ । नवलपरासी सुस्तादेखि रुकुमको सिस्ने हिमालसम्मको भूगोल निकै सम्भावनायुक्त क्षेत्र मानिन्छ । प्राकृतिक स्रोतको सदुपयोग गर्दै मेगासिटीको अवधारणा अगाडि सारिएको छ । बर्दघाटदेखि शिवराज सम्मको भूभागलाई समेटेर बृहत् लुम्बिनी शान्ति सहर बनाउन सकिने अवधारणा अनुरुप काम गर्न प्राविधिक अध्ययन अगाडि बढिसकेको छ भने मेगासिटीको डीपीआर बनिरहेको छ ।

‘समृद्धिको जग बसालेका छौं अब पूरा गर्दै जाने हो’
कृषि, पर्यटन, उद्योग र व्यापार समृद्धिका आधार तयार र तिनलाई कार्यान्वयन गर्ने कार्यक्रम र योजना । पहाडका ६ जिल्ला जोड्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने प्रदेश राजमार्गको निर्माणको योजना कार्यान्वयन हुँदैछ । बुटवल चक्रपथ र तिलोत्तमा चक्रपथ निर्माण भइरहेका छन् । बुटवलको कालिकापथ, श्रवणपथ, रंगशाला पथ, देवीपथ जस्ता रणनीतिक महत्वका आन्तरिक वाइपासका सडकहरु विस्तार भइरहेका छन् ।
बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै पर्यटन प्रवद्र्धनको योजना कार्यान्वयन । सरकार गठन भएको पहिलो वर्ष नै लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम घोषणा गर्दै बुद्धसँग सम्बन्धित क्षेत्रहरु लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउने महत्वपूर्ण कार्यक्रम सुरु । यहीँ अवधारणालाई साकार पार्न लुम्बिनी केन्द्रित पर्यटन प्रबद्र्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेका छन् । लुम्बिनीको गुरुयोजना साकार हुने चरणमा पुगेको छ ।

अलपत्र पारिएको बेलवास–बेथरी पर्यटन मार्ग पूरा हुँदैछ । बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रको विकल्प सडकका रुपमा धागो कारखाना चरंगे हुँदै चण्डीभन्ज्याङसम्मको सडक विस्तार भइरहेको छ । पर्यापर्यटनमा टेवा दिँदै यसक्षेत्रका पार्कहरुको विस्तार र शौन्दर्यकरण भइरहेका छन् । बुटवल र तिलोत्तमालाई पार्कहरुको सहरका रुपमा चिनिन थालेको छ । पहाडमा हिल स्टेशन र त्यहाँसम्म सहज पहुँच मार्गको विकास भइरहेको छ ।
राष्ट्रिय स्वाभिमानको सम्पदा स्थल तत्कालीन अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको संरक्षण र प्रवद्र्धनका काम जारी छन् । जितगढी सम्पदा भव्य र थप आकर्षक बनिरहेको छ भने सैनामैनमा खुला संग्रहालय निर्माण भइरहेको छ । पाल्पाको दरबार, रामापिथेकश र रानीमहल, गुल्मीको रुरु, रेसुङ्गा, दाङको धारापानीलगायतमा पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढिरहेका छन् ।

खेलकुदको प्रवद्र्धन र खेलपूर्वाधारको विकास
खेलकुदलाई उच्च प्राथमिकता दिंदै ७ अर्ब लागतको उजीरसिंह जवई रंगशाला निर्माण भइरहेको छ । बुटवल–१३ जवइमा कर्णेल उजीरसिंह जवई रंगशाला बनिरहेको छ । बुटवल, तिलोत्तमा, सैनामैनाका प्रत्येक वडामा खेलकुदका पूर्वाधार विस्तार र निर्माण भइरहेका छन् । बुटवल–१५, सेमलारमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक कभर्डहल एक स्थानीय तह एक खेलमैदान, दीपनगरमा रहेको सिद्धेश्वरी खेलमैदानको स्तरोन्नति र मर्मत गर्दै थप व्यवस्थित बनाइएको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने, खेलकुदका लागि आवश्यक पूर्वाधारको प्रबन्ध मिलाउने, खेलकुदबाट नाम,दाम,पहिचान र सम्मान आर्जन गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक बनाउने काम भइरहेको छ ।

शिक्षा र स्वास्थ्य प्राथमिकतामा
स्वस्थ र निरोगी नागरिक भन्ने अभियान नै सञ्चालन गर्दै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण भएका छन् । तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको निर्माण पूरा गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य छ । लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापन गर्ने काममा आवश्यक बजेटको प्रबन्ध गरि कार्यान्वयन भइरहेको छ । प्रदेशका सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा । हरेक जिल्ला अस्पतालमा आइसीयु, एचडियु र सल्यक्रिया गर्ने क्षमतामा बिस्तार गर्ने काम अहिले पनि जारी छ ।

कृषिमा आधुनिकीकरण र जैविक उत्पादनमा टेवा
सहरी कृषि प्रबद्र्धन र ग्रामीण कृषिमा विविधिकरण । किसानलाई विनाधितो निब्यार्जे ऋणको सुरुवात गर्ने लुम्बिनी प्रदेश पहिलो हो । यसको नीतिगत निर्णय लिला गिरीले नै गराएका थिए । कृषिको बजारीकरणलाई हरेक जिल्लामा कृषि सहकारी बजार, कृषि उत्पादनमा आधारित अनुदान दिन सुरुवात गर्ने पनि त्यसबेलाको लुम्बिनी प्रदेश सरकार थियो । व्यवसायिक कृषिका लागि हरेक निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम अहिले प्रभावकारी भएको छ ।

भूमिहीनलाई निःशुल्क आवास तथा खेती गर्न जग्गा र अनुदान
भूमिहीनलाई आवासका लागि जनता आवास कार्यक्रममार्फत निःशुल्क आवासको प्रबन्ध गर्ने काम पनि यही प्रदेशमा प्रभावकारी भएको छ । यस्तै भूमिहीनका लागि लीजमा खेतयोग्य जग्गा र अनुदानको प्रबन्ध, हरेक जिल्लामा कृषि चिस्यान केन्द्र स्थापना, हरेक जिल्लामा बीउको स्रोत केन्द्र स्थापना, साना उद्योगीलाई विना धितो निब्यार्जे ऋण, महिला, दलित, द्वन्द्वपीडितलाई उद्योग दर्तामा छुट, प्रकोपमा परेकाको संरक्षणमा हरेक पालिकामा एक बहुउद्देश्यीय भवन निर्माण । विपन्नको सामाजिक र आर्थिक विकासमा सघाउन हरेक पालिकाहरुमा विशेष कार्यक्रम, गाउपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सुरुवात, द्वन्द्वपीडित, पिछडा, मधेशी र मुस्लिम छात्रालाई कक्षा ११ र १२ मा छात्रावृत्ति कार्यक्रमलाई प्रभावकारी बनाइएको छ ।

समाजवाद लक्षित कार्यक्रम
बेसहारा सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश स्थापनाको सुरुवात र प्रदेशलाई बालविवाहमुक्त, लैंगिक हिंसामुक्त र छुवाछुत मुक्त बनाउने अभियानको सुरुवात पनि बुटवलबाटै भएको हो । त्यसबेलाको बुटवल उपमहानगरको जनप्रतिनिधिको नेतृत्व र प्रदेश सरकारबाट लिला गिरीको अगुवाईमा समाजवाद झल्किने उक्त कार्यक्रम प्रभावकारी भएको थियो । देशमै स्वरोजगार बनाउन बिदेशबाट फर्किएकालाई उद्योगी बनाउन १० लाखको ३ वर्षसम्म ब्याज तिरिदिने कार्यक्रम सुरु भयो । युवालाई निःशुल्क सीप सिकाउने, सिपअनुसारको कामको प्रबन्ध मिलाउने, उद्यम गर्न चाहनेलाई आवश्यक उपकरण उपलब्ध गराउने, त्यस्ता उद्यमीबाट भएका उत्पादनको बजारिकरणमा टेवा पु¥याउने कामको सुरुआत पनि यहीँ प्रदेशबाट भएको हो । लिला गिरीको नेतृत्वमै पाल्पाको ढाका उद्योगका पुनर्जागरण आएको छ भने परम्परागत पेशामा सुधार आइ पुस्तान्तरण भइरहेको छ ।