डाइबेटिजको डर

–मधुमेह रोगभन्दा पनि मधुमेहप्रति फैलाइएको डर खतरनाक छ । त्यसैले मधुमेहको महामारीलाई रोक्न यस षड्यन्त्रको मनोविज्ञान बुझ्न जरुरी छ ।

मेचीकाली संवाददाता

२९ कार्तिक २०८२, शुक्रबार
9 shares

ओम बानियाँ

डाइबेटिज मिलाइटस अर्थात् मधुमेह । नेपाली समाजमा यसलाई चिनी रोगले पनि चिनिन्छ । केही वर्षयता यो रोग भुसको आगोझैं संसारभरि फैलिएको छ । हिजोआज संसारका कुनै पनि देश मधुमेहको महामारीबाट अछुतो छैनन् । भारतलाई त मधुमेहको राजधानी भन्ने गरिन्छ । नेपाल पनि मधुमेहको महामारीले निकै आक्रान्त हुन थालेको छ । घरघरमा मधुमेहका बिरामीहरु देखिन थालेका छन् ।

मधुमेह मूलतः जीवनशैली र आहारविहारसँग सम्बन्धित रोग हो । शारीरिक कार्य कम र बजारिया तथा औद्योगिक खाद्यपदार्थहरुको अध्याधिक सेवनका कारण यो रोग पैदा हुने गर्दछ तर मधुमेहको मुल कारणलाई ओझलमा पारेर संसारभरिका मेडिकल माफियाहरु एक ढिक्का भई तिललाई पहाड बनाई मधुमेहको महामारी फैलाउने काममा गरिरहेका छन् । मधुमेहको सम्बन्धमा सर्वसाधारणले सुन्दै र पढ्दै आएको कुरा के हो भने मधुमेह ज्यादै खतरनाक रोग हो, यसबाट पूर्णमुक्ति सम्भव छैन । यस प्रकारको विज्ञापन गरेर मधुमेहको सम्बन्धमा ठूलो षड्यन्त्र भइरहेको छ । मधुमेहको डर फैलाएर जनता लुट्ने कार्य भइरहेको छ । मधुमेहभन्दा पनि मधुमेहप्रतिको डर खतरनाक छ । त्यसैले मधुमेहको महामारीलाई रोक्न यस षड्यन्त्रको मनोविज्ञान बुझ्न जरुरी छ ।

मधुमेह के हो ?
मधुमेह रोग होइन, लक्षण हो । जण्डिस जस्तै । रगतमा आवश्यकभन्दा बढी ग्लुकोज (सुगर) देखिनु नै मधुमेह हो । यो स्थिति तब देखा पर्छ जब पेन्क्रियाजले प्रशस्त इन्सुलिन बनाउन सक्दैन या कोषहरुले उचित रुपमा ग्लुकोज ग्रहण गर्न सक्दैनन् । ग्लुकोज शरीरका लागि अति आवश्यक तत्व हो । ग्लुकोजबाट नै शरीरले ऊर्जा (इनर्जी) पाउँछ । त्यही इनर्जीबाट नै शरीर सञ्चालन हुन्छ । तर जीवकोषहरुले पर्याप्त ग्लुकोज प्राप्त गर्न सकेनन् भने थकानका साथै अनेक लक्षणहरु देखा पर्छन् । यो नै रगतमा ग्लुकोज बडेको संकेत हो ।

रगतमा ग्लुकोज किन बढ्छ ?
मानिसले खाएको खाना आमासयमा पुगेपछि खानलाई हाइड्रोक्लोरिक एसिड र अन्य थुप्रै रासायन तत्वहरु मिलेर गलाउँछन् । यहाँ गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोज भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो । यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं । खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ । सानो आन्द्राले ग्लुकोज बनेको खानालाई बिस्तारै सोसेर लिन्छ र त्यो खाना रगतमा मिसिन्छ । यसरी रगतमा पुगेको ग्लुकोज, यदि शरीरलाई तत्काल अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागि संचित भएर बस्दछ । ग्लुकोज संचित हँुदा ग्लाइकोजेनको रुपमा मुख्यतया कलेजो र मांशपेशीमा संचित हुन्छ । तर रगतमा प्रवेश गरेको ग्लुकोज भने इन्सुलिनबिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि संचित हुन पनि सक्दैन । तब रगतमा ग्लुकोजको मात्र बढ्छ ।

शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन् । जब प्याङ्क्रिआजबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरुलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरुले ढोका खोल्छन र ग्लुकोज भित्र जान्छ । यसरी भित्र गएको ग्लुकोज तत्काल शक्ति चाहिने भए कोषहरुले तत्कालै प्रयोग गर्दछन, नत्र पछि प्रयोग गर्नको लागि संचय गर्दछन् । रगतमा भएको ग्लुकोज कोषहरूमा गैसकेपछि रगतमा ग्लुकोजको मात्रा स्वतः घट्दछ । यो घटेको कुरा बेटा सेलहरुले नै तुरुन्त प्याङ्क्रिआजलाई खबर गर्दछन् र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ ।

डाइबेटिजको डाइटथेरापी


डाइबेटिजलाई समयमै नियन्त्रण नगर्ने हो भने यसले शरीरमा जटिल समस्याहरु पैदा गर्छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न आवश्यक छ । डाइबेटिज औषधीबाट होइन, योग, प्राणायाम तथा व्यायाम र डाइटथेरापिबाट रिभर्स हुन सक्दछ । कभालभाँती प्राणायाम, मडुक आसन तथा फलपूmल, सागपात, सलाद र अन्नहरुको उचित संयोजनबाट तयार पारिएको डाइट डाइबेटिजका लागि मात्र होइन, हाइबिपी, कोलेस्ट्रोल, थाइरोइडिज्म तथा मोटोपना जस्ता जीवनशैलीसँग सम्बन्धित रोगहरुमा निकै फाइदाजनक हुन्छ ।

बेटा सेल्स के हो ?
शरीरमा आमासयको तल्लो भागमा सानो आन्द्रा, कलेजो, फियो, पित्तथैली आदिले घेरिएर रहेको प्याङ्क्रिआज भन्ने करिब ६ इन्च लामो गाजर जस्तैजस्तै आकारको अंग हुन्छ । यसमा विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने क्षेत्र हुन्छ, जसमा अल्फा सेल्स, बेटा सेल्सलगायतका लाखौं कोषहरु हुन्छन् । अल्फा सेल्सले मुख्यतया ग्लुकोजन नामक हार्मोन उत्पादन गर्दछन् भने बेटा सेल्सले इन्सुलिन नामक हार्मोन उत्पादन गर्दछन् ।

रगतमा ग्लुकोजको मात्रा हामीले खाने वस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरैपटक घटबढ हुन्छ । साधारण अवस्थामा हाम्रो रगतमा प्रति डेसिलिटर ७० देखि १२० मिलिग्राम ग्लुकोजको मात्रा हुनुपर्दछ । त्योभन्दा बढी भए चिनीरोग लाग्दै गरेको वा लागेको मान्नु पर्दछ । रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनीरोगको अवस्था पनि त्यति नै जटिल भएको बुझ्नु पर्दछ ।

खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ तर खाना खाएको २ घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनु पर्दछ । जब रगतमा चिनीकोमात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझै तुरुन्तै जम्मा हुने त होइन, बिस्तारैबिस्तारै घन्टौंको समयमा हुने हो । चिनी बिस्तारै रगतमा प्रबेस गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । त्यही भएर चिनी रोग लागेका व्यक्तिहरुलाई छिनछिनमा पिसाब आउँछ ।

चिनी फालिनु भनेको शरीका कोषहरुको वृद्धि विकास गराउन, हानिकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधिसँग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई विभिन्न कार्यको लागि चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि त हो । त्यसैले शरीरले यस्ता पदार्थ नपाउँदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलाहरुलाई घरीघरी योनी चिलाउने आदि समस्या देखा पर्छन् ।

त्यसको अतिरिक्त रगतमार्फत प्रशस्त थप खाना प्राप्त नहुँदा कोषहरुले सञ्चित शक्ति खर्च गर्नुपर्दछ । यहाँनेर शरीरमा सञ्चित बोसोरुपी शक्ति प्रयोग भएको ठिकै होइन कि होइन भन्ने प्रश्न उठ्न सक्दछ । तर शरीरको संयन्त्र त्यसरी चल्दैन । सञ्चित शक्ति धेरै मात्रामा खर्च भयो भने शरीमा केटोनेस भन्ने बिकार निस्कन्छ । धेरै मात्रामा केटोनेस निस्कने अवस्थालाई डाइबेटिक केटोएसिडोसिस (डिकेए) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ । सामान्यतया टाइप वान डाइबेटिज हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्छ ।

मधुमेहका प्रकारः
मधुमेहका मुख्यतया ३ अवस्था हुन्छन् । शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (प्रिडाइबेटिज) भनिन्छ । त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोसको अनुपातमा प्याङ्क्रिआजले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (टाइप टू डाइबेटिज भनिन्छ र शरीरमा हुने बिभिन्न रासायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तिको कारणले प्याङ्क्रिआजलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने बेटा सेल नै निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (टाइप वान डाइबेटिज) भनिन्छ । सामान्यतया टाइप वान डाइबेटिज २० वर्षभन्दा पहिले नै हुन्छ । टाइप वान डाइबेटिजलाई वंशाणुगत पनि भनिन्छ । साथै गर्भावस्थामा थुप्रै प्रकारका हार्मनहरु निस्किने र तिनीहरुका अनगिन्ती रासायनिक प्रतिक्रियाहरु हुने हुनाले यो अवस्थामा कतिपय महिलाहरुको रगतमा चिनीको मात्रा बढ्छ । यस्तो प्रकारको स्थितिलाई जेस्टेसनलन डाइबेटिज भनिन्छ ।

डाइबेटिजप्रतिको धारणाः
चिकित्सकले पढेको, बुझेको र केही हदसम्म बुझपचाएको कुरा के भने अहिलेकै अवस्थामा भन्दा टाइप वान डाइबेटिज निको हुने उपाय छैन, यसका लागि इन्सुलिनको सुई नियमित लगाइरहनुपर्छ । टाइप टु डाइबेटिज भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रुपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि टाइप वान डाइबेटिजमा नै बदलिन्छ । प्रिडाइबेटिज तथा जेस्टेसनल डाइबेटिजको अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ । तर यो धारणा पूर्णसत्य छैन । वास्तवमा यो डाइबेटिक बिजनेश हो । यस बिग बिजनेशमा अनेक पक्षहरुको आआफ्नो स्वार्थ गाँसिएको छ । यही नै मेडिकल माफियाहरुको हिरा कटाइ छ । यसप्रति सचेत र सजग हुनु आजको आवश्यकता हो ।

पुछारमाः डाइबेटिजको एक वैज्ञानिकको मापदण्ड के हो भने बिहानको फास्टिङ ग्लुकोज लेभल र सुत्ने बेलाको ग्लुकोज लेभलको जोडलाई २ ले भाग गर्दा ग्लुकोज लेभल २५० भन्दा कम हुन्छ भने यस अवस्थामा औषधीको आवश्यक पर्दैन । जीवनशैली सुधार गरेर नै ग्लुकोज लेभल सामान्य बनाउन सकिन्छ । साधारणतया चामल, दही, उखुको रस, चिनी, मौसमी, अनार, आँप, भेली, मिश्री, आलु, मैदा र बेसनका परिकार, तारेको, भुटेको, बढी चिल्लो तथा चिनी हालेको पदार्थ, जंकफुड, फास्टफुड तथा धुम्रपान र मद्यपान, दिउँसो सुत्ने बानी, कुनै शारीरिक कार्य नगर्नु, चिन्ता, तनाव तथा नकारात्मक सोच डाइबेटिज विरामीका लागि हानिकारक छ । डाइबेटिक लगायतका रोगहरु जन्माउने कारण पनि यही हो ।

दैनिक ४–५ किलो मिटरको हिडाइँ वा दौडाइ, ध्यान, प्राणायाम तथा व्यायाम गर्ने तथा सकारात्मक सोच राख्ने । बजरा, जौ, चना आदिको चोकरयुक्त आटा, मुँग, करेला, सिस्नो, कुरिलो, परवल, रामतोरिया, बैगुन, लौका, टमाटर, फर्सी, काँक्रो, पालक, वेथे, सिमी, ब्रोकाउली, बन्दगोपी, फूलगोपी, रातो प्याज, लहसुन, कागती, मेथी, अमला, जमुना, बदाम, च्याउ, सखरखण्ड, दालचिनी, शीतलचिनी (मोरिंगा), सागपात तथा फलफूलमा (एक दाना स्याउ, एक दाना बेलाउती, एक सुन्तला, आधा कप स्ट्राबरि) सेवन गर्नु डाइबेटिकका लागि निकै फाइदाजनक मानिन्छ । यो नै मानिसको सकारात्मक जीवनशैली पनि हो ।
बक्समा राख्ने ।