एमालेका उम्मेदवारलाई मतदान गर्न उद्योगी व्यवसायीको अपिल

मेचीकाली संवाददाता

१ मंसिर २०७९, बिहीबार
339 shares

बुटवल। यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनिक अपिल जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले निकटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनिक अपिल जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरिएको हो ।

महासंघका केन्द्रीय सचिव बालाराम भट्टराई र लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले बिहीबार संयुक्त अपिल जारी गर्दै समृद्धि र सुखी जनताको राष्ट्रिय संकल्प लिएको र उक्त लक्ष्य हासिल गर्ने उपयुक्त कार्यक्रम समेत बनाएको एमालेका उम्मेदवरलाई मतदान गरी समृद्धिको अभियानमा योगदान गर्न आग्रह गरेका छन् ।

‘अहिले जुन अवस्थामा आम निर्वाचन भइरहेको छ देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । आर्थिक क्षेत्र नकारात्मक अवस्थाबाट गुज्रीरहेको अवस्था छ । अथर्तन्त्र जोगाउने, लगानीका वातावरण बनाउने, रोजगारी सृजना गर्ने र ग्रामीण रोजगार वृद्धि गर्नेतर्फ अहिलेको सरकारले कुनै योजना सार्वजनिक गरेको हामीले पाएका छैनौं’ अपिलमा भनिएको छ । सरकार ९राष्ट्र बैंकसहित० को गलत आर्थिक नीतिका कारण बैंकको ब्याज अत्यधिक बढेको छ, तरलता अभावले गर्दा बैंकहरूसँग लगानीयोग्य रकम नभएको र त्यसको प्रत्यक्ष मारमा उद्योगी, व्यवसायी र समग्र निजी क्षेत्र परिरहेको महासंघको अपिलमा उल्लेख छ । गठबन्धन सरकारको गलत आर्थिक नीतिले गर्दा महँगी झन्डै दोब्बर बढेको छ । महँगीको मारले आम नागरिक आक्रान्त भएको दयनीय अवस्था सिर्जना भएको बताइएको छ ।

‘देश विकासको ढाँचा र अर्थ व्यवस्था सही दिशातर्फ उन्मुख नभएको, अर्थतन्त्रमा दिनदिनै जोखिम बढिरहेको छ र यसलाई जोगाउने उपायको अबलम्बन हुन नसकिरहेको अवस्थामा चुनाव हुँदैछ ।’महासंघले भनेको छ–‘यो चुनावसंगै मुलुकलाई सही दिशामा डो¥याउनुपर्ने छ, संकटग्रस्त अवथामा रहेको अर्थतन्त्र जोगाउने उपाय खोज्नुपर्ने छ । चुनाबपछि आउने नेतृत्वले जोखिमपूर्ण अर्थतन्त्रलाई जोगाउने उपाय अबलम्बन गर्नुपर्ने छ ।’ यसका लागि आम मतदाताले देश विकासको प्रष्ट खाका बनाएको, समृद्धि र खुशहालीको योजना बनाएको, समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प लिएको राजनीतिक दल र उम्मेदवारलाई चुन्नुपर्ने महासंघको अपिलमा छ । सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध÷अपिल गर्दछौं कि यो चुनावमा नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई मतदान गरि विजयी गराउनुहुन हार्दिक अपिल गर्दछौं ।’ अपिलमा उल्लेख छ ।

एकातिर निरन्तर मूल्यबृद्धि हुने, स्वदेशी उद्योग धन्दा र लगानी जोखिममा पर्ने, राज्यका अंगहरु कमजोर बन्दै जाने अवस्थाको अन्त्य होस् । देश विकास र अर्थतन्त्रसँग सरोकार राख्ने र श्रम गर्ने व्यक्तिहरू अन्योलकै स्थितिमा रहनु भनेको कुनै पनि मुलुकका लागि सुखद कुरा होइन भन्ने कुराको बोध जिम्मेवार निकायमा होस् । जनताको जीवनस्तरमा सुधार भई अर्थतन्त्र सही दिशातर्फ उन्मुख गराउनेतर्फ राज्य केन्द्रित होस् । देश विकासका लागि स्पष्ट कानूनी व्यवस्था होस्, स्थिर समयसापेक्ष सुधारसहितको नीतिगत व्यवस्था होस्, दूरदृष्टि नेतृत्व, भ्रष्टाचाररहित आर्थिक गतिविधि होस्, विश्व अर्थ व्यवस्थासँग सामञ्जस्य कायम गर्न सक्ने दृष्टिकोण बनाइयोस् ।

रोजगारी सृजना, राजस्व असुलीमा सुधार होस्, आयात प्रतिस्थापनका उपाय खोजियोस्, औद्योगिक विकास र युवालाई रोजगारीको व्यवस्था होस्, विपन्नको आय आर्जनमा सुधार होस् । साथै राजस्व नीति, करका दरको समायोजन एवं दायराको विस्तार होस्, राजस्व प्रशासनमा निरन्तर सुधार र सुशासन कायम होस्, राजस्व संकलन प्रणालीलाई सरल, वैज्ञानिक र चुस्त बनाइयोस्, लगानीको सुरक्षा, प्रवद्र्धन र वातावरण बनोस्, निजी क्षेत्रलाई विश्वासमा लिने अवस्थाको विकास होस् र आन्तरिक उत्पादन, उपभोग, उत्पादकत्व र रोजगारी सिर्जनामा ध्यान दिइयोस् ।’ अपिलमा भनिएको छ ।