बुटवलमा प्रोटन इमासको नयाँ सोरूम

मेचीकाली संवाददाता

२८ आश्विन २०८२, मंगलवार
15 shares

बुटवल । इभी गाडी प्रोटन इमास सेभेनले आफ्नो विक्री वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमका बिच जगदम्बा ई–मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी ई–अटोमोबाइल्स प्रालिमार्फत आफ्ना नयाँ गाडीको विक्री वितरण सुरु गरेको हो । नेपालमा अग्रणी इभी ब्रान्ड प्रोटन ई–मासको विक्री वितरणका लागि बुटवलको बालाजी ई–अटोमोवाइल्स प्रालिमा नयाँ सोरुमको उद्घाटन गरिएको हो । प्रालिले प्रोटनको सेवा सुरु गरेको अवसरमा बुटवलबाट १५ वटा प्रोटन इमास गाडी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ ।
बालाजी ई–अटोमोवाइल्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर विशाल जैसवालले दशैंअघि १० युनिट र पछि थप ५ युनिट गरी १५ वटा प्रोटन इमास वितरण गरिएको जानकारी दिए । ग्राहकहरूको बढ्दो विश्वास र उत्साहका आधारमा प्रोटनका गाडी विक्री वितरण भएको उनले जानकारी दिए ।
शोरुमको उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ग्राहकको चाहना र रोजाइका आधारमा प्रोटन इमासको विक्री वितरण भएको बताए । उनले आरामदायी र सुरक्षित यात्राका लागि प्रोटन ब्राण्ड आफैँमा उत्कृष्ट ब्राण्ड भएको उल्लेख गर्दै गाडीका पार्ट र सर्भिसिङलाई ध्यान दिन सुझाव दिए ।

नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल भित्र्याएको हो । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।
त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको रहेको जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल क्षेत्रीले जानकारी दिए । विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । बालाजी ई–अटोमोवाइल्सका अध्यक्ष महेशप्रसाद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चद्रप्रकाश श्रेष्ठले व्यावसायीक सफलताको शुभकामना दिए ।