‘समयमै सावधानी नअपनाए दाँतमा जटिल समस्या आउँछ’

मेचीकाली संवाददाता

२४ मंसिर २०७९, शनिबार
287 shares

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा बुवा मानबहादुर रायमाझी र आमा शोभा रायमाझीको कोखबाट वि.सं २०४३ साल असोज १५ गते जेठो सन्तानका रुपमा जन्मिएका डा.महेन्द्रप्रताप रायमाझीले दन्त चिकित्सकसम्बन्धी अध्ययन पूरा गरी २०७१ सालमा अर्घाखाँचीको सन्धिखर्कमा निदान टेन्टल केयर प्रा.लि. नामक क्लिनिक सञ्चालन गरी सेवा दिइरहेका छन् । डा. रायमाझीसँग पछिल्लो सयम दाँतमा देखिएका समस्या, लाग्ने रोग र बच्ने उपायलगायतका विषयमा मेचीकालीकर्मी अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश ।

अर्घाखाँची जिल्लामा सामान्यतया दाँतका बिरामीमा कुनकुन समस्या देखा परेका छन् ?
सामान्यतया अर्घाखाँची जिल्लामा दाँतमा किरा लागेको, गिजामा हुने समस्या, गिजा पाक्ने, दुख्ने सास गन्हाउने, ¥यालग्रन्थीमा हुने समस्या तथा मुख तथा दाँतको क्यान्सर, जिब्रोमा हुने घाउखटिरालगायतका समस्याहरु देखा पर्ने गरेका छन् ।

दाँतमा किरा लाग्नुको मुख्य कारण के हो ?
दाँतका किरा लाग्नुको मुख्य कारण खानेकुराहरू दाँतमा अड्किएर बस्नु नै हो । त्यसरी बसेका खानेकुराहरू जब दाँतमा नै कुहिन र सड्न थाल्छ, त्यसबाट हानिकारकब्याक्टेरीयाहरू बन्न थाल्दछन् । जुन हामीले आखाँले देख्न सक्दैनौँ, त्यसैलाई हामी किरा लागेको भन्ने गर्दछौँ । दाँतमा अड्किने खानेकुरा चकलेटलगायतले दाँतमा किरा लाग्ने गर्छ ।

दाँतलाई स्वस्थ राख्ने उपाय भनेको के हो ?
दाँतलाई स्वस्थ राख्नका लागि अति आवश्यक कुरा नै दाँतको सरसफाइ हो । हामीले हाम्रो मुखलाई स्वस्थ राख्न सकेमा मात्रै दाँत स्वस्थ हुन्छ । दिनमा दुईपटक दाँत माझ्ने, गुलियो र मैदाबाट बनेका खानेकुरा खाँदा तत्काल कुल्ला गर्ने गर्नुपर्छ । बिहान–बेलुका खाना खाएपछि दाँत माझ्ने बानी बसाल्नुपर्छ । बिगँ्रदो जीवनशैली, खानपानमा ख्याल नगर्नु, दाँतको उचित हेरविचार नगर्नु जस्ता कारणबाट नै दन्त रोग लाग्छ । कम्तिमा ६–६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ ।

अर्घाखाँचीलगायत देशैभरि पछिल्लो समय दाँतको समस्या लिएर अस्पताल धाउनेहरुको संख्या बढ्दो छ, दाँतमा खासगरी समस्या आउनुको कारण के होला ?
दाँत मानिसको मुखभित्रको असाध्यै महत्वपूर्ण संरचना हो । यसको हेरविचार नगर्दा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । दाँतको कारण मुखको रोग पनि देखा पर्छ । त्यो भनेको जनचेतनाको अभावले हो । मानिसले दाँतको हेरचाहमा लापरवाही गरेकै कारण दाँत दुख्ने, गिजा सुन्निने, दाँतमा किरा लाग्ने जस्ता रोगको सामना गर्नुपरेको हो । त्यसका लागि हामीले खानपानमा ध्यान दिनुपर्छ । त्यसकारण दाँतदाई असर पार्ने खालका खानेकुराहरु खाँदा हेरबिचार पु¥याउने र कमसेकम दिनमा दुईपटक दाँत माझ्ने बानी बसाल्नुपर्छ । यसो गरेमा दन्त रोग लाग्नबाट जोगिन सकिन्छ ।

हामी जाडोमा बढी तातो र गर्मी मौसममा चिसो खानेकुरामा बढी ध्यान दिन्छौँ, त्यसले दाँतलाई कस्तो असर पार्छ ?
धेरै तातो र धेरै चिसो खाने कुराले दाँतलाई असर गर्दछ । धेरै तातो र धेरै चिसो खानेकुराले दाँतमा सिरिङ्गसिरिङ्ग पैदा गर्दछ । त्यसैले ठिक्क तातो र ठिक्क चिसो खानेकुराहरू मात्र खानुपर्दछ । सकेसम्म चिसो पेयपदार्थहरू नखाएको राम्रो हुन्छ । हामीले तातो र चिसोको मात्रालाई मिलाएर खानुपर्दछ । तातो र चिसो कुराहरू एकैपटक भने खानुहँुदैन ।

बदलिँदो समयअनुसार शहरी मात्र नभएर अहिले उपलब्धताका हिसाबले ग्रामीण क्षेत्रका बालबालिकाहरुले चकलेट, आइसक्रिम जस्ता खानेकुरामा बढी ध्यान दिने गरेका छन् । यसले दाँतलाई कस्तो असर गर्छ ?
आधुनिक समाजअनुसार अहिलेका बालबालिकाहरूलाई घरमा जितिसुकै मिठो खानेकुरा पाकेपनि बाहिरको खानेकुरा नखाई हुँदैन । उनीहरूको रुचि बढी बाहिरको खानेकुरामा नै हुन्छ । त्यसले दाँतलाई असर गर्छ । त्यस्ता कुरामा अभिभावकले बिस्तारै नियन्त्रण गर्दै लैजानुपर्छ । बालबालिकालाई चकलेट र आइसक्रिम दिनै हुँदैन भन्ने त होइन तर दिँदा कुन समयमा कति दिने भन्ने कुरा अभिभावकलाई राम्रोसँग जानकारी हुनुपर्छ । चकलेट, आइसक्रिम जस्ता खानेकुराहरू खानासँगै कहिले दिन हुँदैन । तर अभिभावकले बालबालिकाहरूलाई त्यहि समयमा दिने गर्छन् । यो एकदम गलत कुरा हो । यसले बालबालिकाको दाँतमा किरा लाग्ने गर्दछ । खासगरी यस्ता कुराहरू खाएपछि दाँत माझ्नु र कुल्ला गर्नु अनिवार्य छ । नत्र दाँत बिग्रिन्छ ।

मानिसमा गिजा सुन्निने समस्याहरु देखिने गरेका छन्, के त्यो पनि दाँतको कारणले हो ?
दाँतमा भएको समस्याका कारणले पनि गिजामा विभिन्न प्रकारका रोगहरु देखा पर्ने गर्छन् । हामीले विभिन्न खानेकुरा खाँदा त्यसका स–साना टुक्राहरु दाँतमा टाँसिएका र अड्किएका हुन्छन् । हामीले दाँत माझेनौँ र मुख कुल्ला गरेनौँ भने दाँतमा भएका फोहोरका कारण गिजा पाक्ने, सुन्निने, गिजाबाट रगत आउने, दाँतमा किरा लाग्ने, मुख गन्हाउने जस्ता समस्या देखा पर्छन् । दाँतका अलवा कहिलेकाही अरु रोगका कारण पनि गिजामा समस्या आउने गर्छ ।

गाँउघरमा दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गरिने गरिन्छ, यो हाम्रो दाँतको लागि कत्तिको फाइदाजनक छ, या हानिकारक छ ?
सामान्यतया नेपालको जुनसुकै ठाउँका मासिहरूले पनि दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गर्ने गर्दछन्, दातँको समस्यालाई ल्वाङको तेलले पूर्ण रुपमा निको पार्छ भन्नु नै गलत हो । आपत्कालीन अवस्थामा यो तेलको प्रयोग गरेतापनि दन्त चिकित्सककोमा परामर्श लिई उपचार गर्नुपर्छ । जसले गर्दा दातका विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

दाँतको उपचार महँगो छ भनिन्छ, रोग लाग्नै नदिन के गर्नुपर्ला ?
मुख्य कुरा त मानिस आफैँ आफ्नो स्वास्थ्यप्रति सचेत हुनुप¥यो । त्यसैगरी सरकारले पनि ग्रामिण क्षेत्रमा जनचेतना फैलाउनुप¥यो । त्यसकारण उनीहरुको खानपानमा ध्यान दिनुप¥यो । स्वस्थ नागरिकले नै हरेक काम गर्न सक्छ । दाँत माझ्ने कुला गर्ने जस्ता कुराहरुमा पनि सचेत रहनुपर्छ । कतिपय मानिसका असावधानीका कारणले रोग लागेता पनि समयमै चिकित्सकको सल्लाहबमोजिम परामर्श लिएर उपचार गर्नु नै प्रमुख कारण हो ।

अर्घाखाँची जिल्लालगायत देशैभरि अदक्ष जनशक्ति वा अनाधिकृत व्यक्तिले दाँतको उपचार गर्ने गरेको पाइन्छ, दाँतको उपचार जसले पनि गर्दा हुन्छ ?
समय परिवेशका कारणले गर्दा कतिपय स्थानमा जनचेतनाका कारणले दाँतसम्बन्धी उपचार गर्ने सस्था खोलेतापनि आधुनिक समाजमा आएको परिवर्तनले गर्दा मानिस तत्कालीन रुपमा भन्दा दीर्धकालिन समस्याको समाधानमा उत्प्रेरित हुन चाहन्छ, त्यसकाराण गर्दा दक्ष चिकित्सकको पशमर्शमा चेकजाँच गराउनु अहिलेको आवश्यकता हो ।

अन्त्यमा हाम्रा पाठकलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम तपाईंको मिडियामार्फत हाम्रो कुरा राख्ने अबसर प्रदान गर्नुभएकोमा धन्यवाद । आगामी दिनमा पनि यस्ता कुरालाई विशेष ध्यान दिई नागरिकलाई सुसुचित जनचेतना जगाउने कुरामा पहलकदमी लिनुहुनेछ भन्ने विश्वास लिएको छु ।