प्रेस चौतारीका पत्रकारलाई लेखा ब्यवस्थापन तालिम

मेचीकाली संवाददाता

१० चैत्र २०७९, शुक्रबार
300 shares


नेत्र गैरे

पाल्पा । पे्रस चौतारी नेपाल लुम्बिनी प्रदेश स्तरीय लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु भएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको समन्वय र होटल पौवाको सहकार्यमा दुई दिने संचालन भएको हो ।

तालिम समारोहको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले अहिले राजनतिक संघ संगठन देखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यवस्थित लेखा प्रणाली नभएको अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई ब्यवस्थित गर्न अभियान सुरु गरेको बताए । बदलिदो समयमा प्रबिधि मैत्री मिडिया बनाउने काममा आफुहरु लागि परेको बताउदै पेशागत दक्षताको बिकास गर्ने काममा संस्थागतरुपमा लागेको लामाले बताए । उनले श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्ने चौतारी निरन्तर लागिपरेको बताए । महासचिव लामाले प्रेस चौतारीका सदस्यको दक्षतालाई बढ्वा दिदा समाचार कारखानाको रुपमा बिकास गर्ने उल्लेख गर्दै त्यसको सहि ब्यवस्थापनले समाजलाई सकारात्मक प्रभाव पार्ने बताए ।

उद्घाटन कार्यक्रमा लुम्बिनी प्रदेश महासचिव निरु गौतमले सांगठनिक रुपमा लेखा तालिम मार्फत आर्थिक गतिविधिलाई चुस्त दुरुस्त बनाउनका लागि समेत सिकाइ आदानप्रदान गर्ने काममा लाग्न सहयोगी हुने बताईन ।

तालिम समारोहमा प्रदेश सहइन्चार्ज ,कमलराज तिमिल्सिना , प्रदेश सहइन्चार्ज रुद्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका १२ जिल्लाका २१ जना पदाधिकारीहरु लेखा व्यबस्थापन तालिममा सहभागि रहेको पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले बताए ।

तालिममा लेखा परिक्षक दिवाकर अर्यालले कार्यालय व्यबस्थापन, नगदी रसिद, गोश्वरा भौचर, वैक नगदी किताव, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिएका छन । पत्रकार महासंघ पाल्पाका पुर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषयमा बस्तुगत रिपोटिङ्ग गर्नुपर्ने विषयबस्तु, डा. राम बहादुर राउतले संस्थाको कोष बृद्धि, आर्थिक प्रतिवेदन तयार विधीको विषयमा र प्राध्यापक गुराँश आत्रेयले लेखा परिक्षण र बेरुजुका विषयमा सहजीकरण गर्ने कार्य तालिका रहेको अध्यक्ष कार्कीले बताए ।

२ दिने तालीमको उद्घाटन समारोह प्रेस चौतारी पाल्पाका सचीव नारायण न्यौपानेको संचालन र केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन बिकको स्वागत र शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।