यज्ञोदयमा निशुल्क आँखा शिविर सम्पन्न

मेचीकाली संवाददाता

१४ चैत्र २०७९, मंगलवार
716 shares


तुलसीराम पौडेल —
फर्साटिकर ,चैत्र १४
४५ औं नेत्र दिवसको शुभ अवसरमा रुपन्देहीको शुद्दोधन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा १ दिने निशुल्क आँखा शिविर एक कार्यक्रमका बीच मंगलवार सम्पन्न भयो ।यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र बुटवल लायन्स आँखा अस्पतालको सहकार्य र एभरेस्ट प्यारेन्टल प्रालिको औसधि सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।
आँखा शिविरमा ३०७ जनाले आँखा परिक्षण गराएका थिए । परिक्षण गरिएका ३०७ जना मध्य ३३ जनालाई मोतिविन्दु रोग देखिएको थियोे । मोतिविन्दु रोग अप्रेसनको लागि बुटवल लायन्स आँखा अस्पतालमा बोलाइएको आँखा अस्पतालले जानकारी दिएको छ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष नवलराज भट्टराईको अध्यक्षता, बुटवल लायन्स आँखा अस्पताल नेत्र अधिकृत इन्दिरा जोशिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टक प्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख भेषराज ढकालले गर्नुभएको थियो ।