खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी सम्पन्न

मेचीकाली संवाददाता

७ बैशाख २०८०, बिहीबार
287 shares

कपिलवस्तु । माक्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यवस्थापनमा संस्कृति प्रबर्धन कार्यक्रमसंगै खोज तथा अनुसन्धान सहजीकरण दुई दिने कार्यशाला गोष्ठी बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री एवं नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जन संग जोड्न सके संस्कृतिको संरक्षणसंगै आर्थिक रुपमा सबल बन्न सकिने बताउनु भयो । पछिल्लो समयमा नेपालका मौलिक रितिरिवाज, संस्कृति र पहिचानको लोप हुँदै गएको भन्दै पश्चिमी मुलुकको आयातित संस्कृतिलाई अपनाउने नागरिकको संख्यामा बृद्धि हुँदा नेपालको मौलिकपन हराउँदै गएको हुँदा नेपाली संस्कृति जोगाउने जिम्मा हरेक नागरिकको भएको बताउनु भयो ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला श्रीपालीले नेपाल कला संस्कृतिमा विश्वमै नमुना देश भएकाले यसलाई संरक्षण र संवद्र्धन गरी बाह्य पर्यटक नेपाल भित्राउन सकेमात्र अर्थतन्त्रमा फड्को मार्न सकिने बताउनु भयो । उहाँले अबको समृद्धिको आधार भनेको सम्पदा र सस्कृतिको संरक्षण सहित त्यसलाइ समुदाय सङ्ग जोड्दै ब्याबसायिकरण गर्नु भएको बताउनु भयो । यस कार्यशालाले सो सम्बन्धमा ठोस अध्यन अनुसन्धान गरि सम्पदा सस्कृती बाट समृद्धिको बाटो तय गर्ने राज्यमन्त्री शेर्पालीले बिस्वास ब्यक्त गर्नु भयो ।

कार्यशालामा नेपाली समुदायमा रहेका सँस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु , नेपालका साँस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति, मुर्त र अर्मूत साँस्कृतिक सम्पदा र तिनीहरुको अवधारणा , तथ्याङ्क फारम भर्ने तरिका सहितको समूहगत अभ्यास गराइएको थियो । कार्यशालामा विषय बिज्ञ डा. निमानन्द रिजाल , विश्वेश्वर कट्टेल र जनार्दनले सहजीकरण गर्नु भयेको थियो ।

त्यस्तै कार्यक्रमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, बुटवल ८ का वार्ड अध्यक्ष यज्ञ पंगेनी, ज्ञानमालाका उपाध्यक्ष विमल बहादुर शाक्य लगायत विभिन्न सास्कृतिक सम्पदा सङ्ग जोडियका संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्र विश्वेश्वर कट्टेलको अध्यक्षतामा हुमानाथ न्यौपानेको सञ्चालनमा भएको थियो भने समापन सत्र को अध्यक्षता माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष नरबहादुर जिसि तथा संचालन हुमनाथ न्यौपाने सुदिपले गर्नु भएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट खिमानन्द पौडेल (कोपिल) र सुप्रीया खनालले दुई दिन सम्म सिकेका सिकाइहरुको अनुभव सहित मन्तव्य राख्नु भएको थियो । दुई दिन सम्म संचालन भएको कार्यशालामा ४५ जना सहभागी रहेका थिए ।