हराउँदै नेपाली मौलिकता र पहिचान

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार
362 shares

हरिप्रसाद अर्याल

प्रविधिको आविष्कार र जनजनमा त्यसको सहज पहुचले समाजको संरचना ढाचा र कृयाकलापमा आमूल परिवर्तन आएको छ । पुर्विय दर्शनको श्रोत वेद र पुराणहरु नै हुन । यिनको अध्ययन संगसगै विकास भएको पुर्विय समाजको संरचनागत निर्माण र विकास गरेको नैतिक मूल्य र मान्यतामा आधुनिक मानिएको पश्चिमा सभ्यता र संस्कार थपिदै जादा हाम्रा परम्परागत मुल्य र मान्यतालाई फरक मात्र बनाएको होइन संरचनागत ब्यवस्था नै परिवर्तन गरिदिएको छ । मानवतावाद र सामाजिक सद्भाव खल्बलिएको छ ।

परिवारको परिभाषा र संरचना फेरिएको छ । औपचारिक शिक्षामा पठन पाठन हुने विषय र सिकाइका तौरतरिका फेरिएका छन । यी सबै प्रकृयाले समाज, परिवार र ब्यक्तिलाइ गुणवान होइन रुपवान बन्न प्रेरित गरेको छ । पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक इन्टाग्राम लाई जे–जसरी प्रयोग गरिएका छन त्यसले समाजको वर्तमान अवस्थालाई सहजै प्रतिबिम्बित गरेको छ । पसिना र मौलिकताको भन्दा श्रृङ्गार र कृत्रिमता बढि मूल्य स्थापित गर्दैछ । प्रविधिको दुरुपयोग बढ्दो छ । सत्य सोध्न, खोज्न र त्यसलाई स्थापित गर्नु फलाम चिउरा चपाउनु सरह भइनै सक्यो । निरपराध ब्यक्तिलाई अपराधी सावित गर्न अपराधीलाई निरपराध साबित गर्न छिनभर नलाग्ने भयो । हाम्रो सामाजिक र पारिवारिक संरचना कृत्रिम मानव बस्तीको अंग जस्तो भयो । नाता, सम्बन्ध र साइनो बुझ्ने पुस्ता नै सकिन लाग्यो । मामा घरको अर्को अर्को हजुर बा का छोरा मध्ये फलानो मामाको छोरा वा छोरी भनी चिनाउने को होला ? अथवा मेरो फूपू दिदीको देउरानी जेठानीको माइतिका त कुरै छोडौ छोरा छोरी सम्म चिनाउने हैसियत नया पिडिमा देखिदैन । हामी एकिनका भन्न सक्छौ नाता कुटुम्ब संरचना भत्तिकिनै सक्यो यसलाइ पुर्नस्थापित गर्न नामुम्किन छ ।

लेक र घर, घर र बेसी, मधेस र घर जस्ता दुईपाइको परिवेशमा हुर्किएका हामीले हरियो वन हाम्रो धन भनेर पढ्यौ पढायौ तर हाम्रै जीवनकालको खान नहुने त कागजी माछा जस्तो भयो । इन्धनको श्रोतको रुपमा पढेको काठ दाउरा खाना पकाउने काममा समेत प्रयोगमा आउन छोडी सकेको छ । अगेनामा दाउरा बाली खाना पकाउदा धुवाले आँखा र फोक्सोमा असर पार्ने भएको कारण गैर सरकारी संस्थाको अगुवाइमा गाउँ गाउबाट अगेनो बिस्ताथापित गराइ ग्यास चुलो स्थापित गराउने कुरामा महान सफलता मिलेको छ ! निजी घर मात्र होइन सरकारी एवम गैर सरकारी कार्यलयमा प्रयोगमा ल्याएका र ल्याउने अधिकांश फर्निचर विदेशमा बनेका वा विदेशी कच्चापदार्थबाट बनेका छन भन्न संकोच मान्नै परेन ।

हामीले बनाएको भौतिक संरचनाले शारीरिक सुखसयल र तात्कालिक सौन्दर्यता मात्र प्रदान गरेको छ । जति बढी प्रकृति माथिको दोहनलाई प्राथमिकतामा राख्छौँ त्यति नै बढी अस्वभाविक परिस्थिको सामनाको तैयारी गर्नु पर्ने परिस्थिती छदैछ । हामीले बनाएको भौतिक संरचनाले शारीरिक सुखसयल र तात्कालिक सौन्दर्यता मात्र प्रदान गरेको छ । हामीले बसालेको बस्ती, निर्माण गरेका सडकले उपभोक्तावादी समाजमा रहेका हामी मानवलाई तत्कालिन लाभ भएको होला तर, यसले निम्त्याएको विनाश र त्यसबाट हुने क्षतिले मानव जीवन माथि नै चुनौती थपीदिएको छ ।

पानी र अक्सिजन बिना मानव जीवनको कल्पना पनि गर्न सक्दैनाँै तर जलाधार क्षेत्रको संरक्षण गर्ने तर्फ भन्दा कृत्रिम रुपमा पानी पार्न सकिने, नदी स्थान्तरण र अप्राकृतिक रुपमा भूमिगत जलको प्रयोगलाइ प्राथमिकतामा राख्छौ । प्रकृति मैत्री वनस्पती र मौसमी फलफुल तथा तरकारी भन्दा अप्राकृतिक वनस्पति र वेमौसमी तरकारी तथा फलफूलमा ब्यक्तिको रोजाइ र सरकारको प्राथमिकता प्राप्त क्षेत्र स्थापित भएको छ । पानीको मुहानको संरक्षणमा सङ्घ, प्रदेश र स्थानिय मध्ये कुनै पनि सरकारको प्राथमिकता छैन । पानीको मुलको तल माथिबाट हुइकिने गाडी गुड्नु भन्दा पहिले ढालिएका पुराना रुख उखलिएका तिनै रुखका जरासंगै सुकेको पानीको मुल प्रति कसैको चिन्ता र चासो छैन फेरि पनि हाम्रो आधुनिक र अप्राकृतिक बिकासे मानवले बचेखुचेका हिमनदी डायवर्सन र कृत्रिम वर्षाको चर्चा गर्न रोक्दैन ।

नदी सभ्यतासंग जोडिएका शहर/बजार र मानव वस्तीहरु नदी माथिको अतिक्रमण दिनानु दिन बढाउदै क्रमसः अप्राकृतिक बन्दै गएका छन । १५/२० वर्ष अगाडि सम्म नदीको वहाव रहेको क्षेत्रमा बसेका बस्तिहरु अहिले सबै भन्दा बढि जोखिममा छन । सबै तहका सरकारको पहिलो प्राथमिकता यी र यस्तै बस्तिहरुमा हुने गरेको छ । यो प्राथमिकता दिगो बिकास भन्दा पनि आवधिक रुपमा हुने विभिन्न खाले निर्वाचन र त्यसमा पार्न सक्ने मत संख्याले पार्ने गरेको छ । पानीको प्राकृतिक निकासलाई अवरोध हुने गरी निर्माण भएका पुर्वाधारले तराईका अधिकांश नयाँ बस्तीहरुमा डुवानको समस्या छ भने पहिरोको जोखिम रहने नै भयो । मानव निर्मित संरचनाका कारण आउने प्रकोपलाई प्राकृतिक वा दैवीप्रकोपको पगरी गुथाउनु प्रकृति माथि अपमान मात्र होइन महान अपमान हो । यसरी हाम्रो सामाजिक परम्परा, संस्कार, साधन र श्रोतको पहिचान, उपयोग र परिचालन संगसगै प्रकृति माथिको अधिकतम दोहनलाई थप ब्यवस्थित गर्न नसके हामी कोहि पनि सुरक्षित छैनौ भन्ने बुझ्न जरुरी छ !