हात्ती, मानिस र स्मरणशक्ति

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
109 shares

ओम बानियाँ
एउटा चर्चित लोकोक्ति छ, हात्तीले कहिल्यै बिर्सिँदैन । त्यसैले तेज स्मरण शक्ति भएको व्यक्तिलाई यदाकदा हात्तीको जस्तो स्मरण शक्ति भएको व्यक्ति भन्ने गरिन्छ । तर, यो लोकोक्ति कति सत्य छ वा असत्य, धेरैलाई खुलदुली लाग्न सक्दछ । थुप्रै वैज्ञानिक अनुसंधानहरुले हात्तीको स्मरण शक्ति निकै तेज हुने प्रष्ट पारेको छ । हात्तीले धेरै पूरानो कुराहरु पनि सम्झन सक्छन् । वास्तवमा हात्ती तेज स्मरण शक्ति भएको एक अद्भूत जनावर हो ।

ओम बानियाँ

हात्तीले मात्र होइन, मानिसले पनि बिर्सिँदैनन् । मानिसको स्मरण शक्ति पनि तेज हुन्छ । मानिस त सृष्टिकै सबैभन्दा विकसित प्राणी हो । त्यसैले त मानिस जंगली अवस्थाबाट यो अवस्थामा आइपुगेको हो । तर, दैनिक भागदौडका कारण मानिसको मस्तिष्कले प्राकृतिक रुपमा काम गर्न सकेको छैन । अनि मानिसको रिकलिंगमा समस्या देखा परेको हो । त्यसैले यदि मानिसले आफ्नो जीवनशैलीलाई प्राकृतिक मैत्रीय बनाउने हो भने मानिसको स्मरण शक्तिमा कुनै समस्या देखा पर्दैन ।

स्मरण शक्ति तेज बनाउन स्वस्थ मस्तिष्क तथा मानसिक स्वास्थ्य आवश्यक हुन्छ । यसका लागि सबैभन्दा पहिला आहारबिहारमा ख्याल राख्न जरुरी हुन्छ । फास्टपूmड, जंकपूmड होइन, बे्रनपूmड सेवन गर्नुपर्छ । जस्तैः पालुंगो जस्ता गाढा हरियो सागपात, गेडागूडी, स्याऊ, एभोकाडो, अनार तथा ब्लूबेरि जस्ता फलपूmल, दूध, घ्यू, सालमन जस्ता माछा, बदाम, ओख्खर, कलौजी, फर्सी, आलस, खरभुजा आदिको बियाँ तथा ग्रिन टी आदि ।

कुनै कार्य सुसम्पन्न गर्न अभ्यासको आवश्यकता पर्छ । निरन्तरको अभ्यासबाट असम्भव जस्तो देखिने कार्यलाई पनि सम्भव बनाउन सकिन्छ । अभ्यासको शक्तिलाई उजागार गर्ने एउटा अद्भुत घटना सन् १९२५ तिर भारतको मध्यप्रदेशको गाडरवाडामा घटेको पढ्न पाइन्छ । गाडरवाडामा बस्ने एक युवकले भैंसीलाई सजिलैसँग काधमा बोक्ने गर्दथ्यो । युवकको त्यो शक्ति देखेर मानिसहरू दंग पर्थे । यो कसरी सम्भव भयो ? जब पाडी जन्मियो, त्यति खेरदेखि नै युवकले पाडीलाई काधमा बोकेर खोलामा नुहाउन लाने गथ्र्यो । पाडी सानो थियो, सजिलै बोकेर खोलामा लग्थ्यो । बोक्दा बोक्दै पाडी ठूलो भयो, भैंसीलाई नै बोक्न ऊ सक्षम भयो । अभ्यास गरेपछि असम्भव के नै छ र ?

उचित आहारबिहारका साथै योग, ध्यान, प्राणायाम तथा मस्तिष्क व्यायामले पनि स्मरण शक्ति बढाउन सहयोग गर्दछ । मस्तिष्क व्यायाम अनेक प्रकारका छन् । तर यहा“ ५÷७ वर्षका सानासाना बालबालिकाहरुले पनि गर्न सक्ने केही सरल मस्तिष्क व्यायामहरु उल्लेख गरिएको छ । अतः मस्तिष्क व्यायामबाट लाभ प्राप्त गर्न पहिला मस्तिष्क व्यायाम कसरी गर्ने हो भन्ने कुरा पढ्नुस्, सिक्नुस् र दिनहुँ अभ्यास गर्नुस् ।

बे्रन व्यायाम एकः
आफ्नो जुन हात बढी चल्दछ, बेलाबेलामा त्यसको विपरित हातले कार्य गर्ने हो भने मस्तिष्कको व्यायाम हुने गर्दछ । त्यसैले यदि तपाईं दाया“ हाते हुनुहुन्छ भने बेलाबेलामा वाया“ हातलाई पनि प्रयोगमा ल्याउनुस् । यस्तो अभ्यासले सुसुप्त अवस्थामा रहेको मस्तिष्कको दाया“ भागलाई पनि क्रियाशिल बनाउँछ । त्यसैले टुथ–ब्रश गर्दा, नुहाउ“दा, साबुन लगाउ“दा वा जुत्ताको तना बान्ने जस्ता कार्यहरू गर्दा वाया“ हातको प्रयोग गर्न सकिन्छ । तर तपाईं बाया“हाते हुनुहुन्छ भने बेलाबेलामा यसरी नै दाया“हातलाई पनि प्रयोगमा ल्याउनुस् ।

ब्रेन व्यायाम दुईः
बिहान सबेरै उठ्ने बानी बसाल्नुस् । दिसापिसाब आदि गरेर बिहानको नित्यकर्म सकेपछि अनुलोमबिलोम प्राणायाम र भ्रामरी प्राणायाम गर्नुस् । यी दुई प्राणायामहरु मस्तिष्कका लागि निकै उपयोगी छन् । प्राचिन वैज्ञानिक(ऋषिमुनि) हरुले मस्तिष्क शक्ति बढाउनका लागि नै यी प्राणायामहरुको आविस्कार गरेका हुन् ।

ब्रेन व्यायाम तीनः
प्राणायाम गरेपछि आफ्नो जुन हात चल्छ, त्यसको विपरीत हातले आफ्नो नाम लेख्नुस्, आफ्नो जीवनको लक्ष्य लेख्नुस् । अनि अर्को हातले पछाडिको अक्षरतिरबाट आफ्नो नाम लेख्नुस् । अनि दुवै हातले एकै पटक आफ्नो नाम लेख्नुस् । हरेक दिन केही समय निकालेर यस प्रकारका अभ्यासहरु गर्नुस् ।

ब्रेन व्यायाम चारः
बिहानको नास्तामा ब्रेन पूmड्स जस्तै ओक्खर, बदाम(आलमन्ड), कालो अँगुर, अमला, ब्ल्याकबेरी, स्ट्राबेरी, अंकुरित गेडागुडी, अन्डा तथा मौसमी फलफूलहरुको नास्ता गर्नुस् । खाली पेट चियाकफी नपिउनुस् ।

ब्रेन व्यायाम पा“चः
ध्यान लगाएर आफ्नो कार्य गर्नुस् । ध्यानपूर्वक पढाइलेखाइ गर्नुस् । पढेका कुराहरुलाई कल्पनाचित्रमा उतारेर याद राख्ने कोसिस गर्नुस् । आफ्नो कार्य वा पढाइलेखाइलाई बोझका रुपमा होइन कि खेलका रुपमा लिनुस् । सिर्जनात्मक र सकारात्मक सोच राख्नुस् । सिर्जनात्मक कार्यहरु गर्नुस् । फुर्सदका बेलामा चित्रहरु बनाउने रंग भर्ने, कविता वा निबन्ध आदि लेख्ने, वर्गपहेली आदि हल गर्ने कार्य गर्नुस् ।

ब्रेन व्यायाम छः
मेमोरी टेक्निक सिक्नुहोस् । मेमोरी टेक्निकले मेमोरी बढाउन निकै सहयोग गर्छ । संसारमा जति पनि मेमोरीको स्टंट देखाउने व्यक्तिहरु छन्, उनीहरुले यही मेमोरी टेक्निक सिकेर सबैलाई अचम्म पार्ने गरेका हुन् । अतः मेमोरी टेक्निक सिकेर अभ्यास गर्ने होे भने जसले पनि यस किसिमको मेमोरी प्रर्दशन गर्न सक्दछन् ।

मेमारी विशेषज्ञ बु्रनो फस्र्टले भनेका छन्,‘यदि हामीहरू शरीरिक व्यायामद्वारा मांसपेशी मजबुत तथा विकसित र शरीर सुसंठित भएझैं स्मरणशक्ति पनि मजबुत र विकसित हुन्छ भन्ने कुरो स्वीकार्छौँ भने शारीरिक व्यायाम नगर्दा मांसपेशी कमजोर तथा सङ्कुचित भएझैं मस्तिष्कको व्यायाम तथा स्मरणशक्तिको समुचित प्रयोग नगर्दा स्मरणशक्ति पनि सङ्कुचित तथा ह्रास हँुदै जान्छ भन्ने कुरो पनि स्वीकार्नु पर्दछ ।’ बु्रनो फस्र्टको यो भनाइलाई मनन गर्दै मेमारीको व्यायाम गर्दैरहनु पर्दछ, जतिजति तपार्इं मेमोरी व्यायाम गर्दै रहनुहुनेछ त्यति–त्यति नै तपार्इंको मेमोरी पनि बढ्नेछ । यस कुरामा कुनै शंका छैन ।

याद राख्नुहोस्, स्मृति प्रशिक्षण प्रविधि सिक्न र प्रयोगमा ल्याउन अभ्यासको आवश्यकता पर्दछ । बिजुलीको स्वीच अन् गर्दा बल्ब बलेझैं स्मृति प्रशिक्षण प्रविधि पढ्दैमा मेमोरी बढ्छ भन्ने सोच बनाउनुहुँदैन । मेमोरी बढाउन उल्लेखित प्रविधिहरूको अभ्यास गर्न जरुरी छ । त्यसैले जतिजति तपाईंलेस्मृति प्रशिक्षण प्रविधि प्रयोग गर्दै जानुहुनेछ, त्यति–त्यति तपार्इं यस प्रविधिप्रति अभ्यास्त हुनुहुनेछ । चौरमा हिँड्दा हिँड्दा नै बाटो बन्ने गर्दछ, होइन र ? अभ्यासबिना तपार्इंले स्मृति प्रशिक्षण प्रविधिबाट लाभ प्राप्त गर्न सक्नु हुँदैन । यो कुरा ख्याल गर्नुहोस् । हिन्दीमा एउटा भनाइ नै छ, करत–करत अभ्यास के जडमति होत सुजान । रसरी आवत जात तें, सिल पर परत निसान ।

अतः यसरी दिनहु“ ब्रेनको ब्यायाम अभ्यास गर्ने हो भने मस्तिष्क स्वस्थ र मजबुत हुन्छ, मस्तिष्क शक्ति बढ्छ । मानिसको मस्तिष्क स्वस्थ र मजबुत भयो भने मानिसको शरीर पनि स्वस्थ र मजबुत हुन्छ । स्मरण शक्ति तेज हुन्छ । अनि मानिसले बढी मस्तिष्क शक्ति उपयोग गर्न सके भने असम्भवलाई पनि सम्भव बनाउन सक्छन् । आफ्नो मस्तिष्क शक्तिलाई अधिकतम सदुपयोग गरेर नै अल्बर्ट आइन्सटाइन शब्ताब्दी कै महान् वैज्ञानिक बनेका हुन् । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)