मुलुकको समृद्धिको लागि विज्ञान र प्रविधि

११ औं राष्ट्रिय विज्ञान दिवस

मेचीकाली संवाददाता

२ आश्विन २०८०, मंगलवार
261 shares

डा.एम.एल. शर्मा

जीवनको दुःख, पीडा र जटिलताबाट सुखी, सन्तुष्ट र सरल बनाउने सन्दर्भमा मानव जातिले विज्ञानको विभिन्न विधाका आष्किार गर्दै अगाडि बढेको हो । मानव सभ्यतको सुरूवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । विज्ञानको चेतसँगै दैनिक जीवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकता अनुसार प्रविधिमा स्थानविशेष, हावा पानी, स्रोत साधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँजो पर्दै जान्छ । नवप्रवर्तन अर्थात् इनोभेशन मार्फत् उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आम जनताको श्रीवृद्धिमा प्रयोग हुन जाँदा राष्ट्र सम्मृद्धिको यात्रामा अघि बढेको हुन्छ । विज्ञान प्रविधिमा देश तथा समाजको आवश्यकता अनुसार नवप्रवर्तनले सदैव नयाँ नयाँ कुराको माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकताहरू पनि फरक फरक तरिकाका हुन्छन् । ससारका विभिन्न देशहरूले विज्ञान र प्रविधिको प्रयोगमा चमत्कारिक उपलब्धि हासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ विकाससँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल शुरू भएको छ । यसलाई सुखद संकेतको रूपमा लिन सकिन्छ ।

नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाल्नेमा महत्वपूर्ण योगदान पु¥याएको पहिलेको “पब्लिक साइन्स कलेज” जसको स्थापना २०१३ साल असोज १ गते भएको थियो र आज त्यस कलेजलाई त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पसको रूपमा अमृत साइन्स क्याम्पस भनेर जानिन्छ । नेपाल सरकारले २०७० सालबाट हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नति हुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउन दिवसको रूपमा मनाउन थालिएको हो ।

प्रकृतिसितसँग सङ्घर्ष गर्दै जिउने क्रममा विभिन्न किसिमका सिपहरूको विकास भयो । वनस्पतिहरूबाट औषधिय ज्ञान प्राप्त भयो । कुनै सन्दर्भमा कोदालो, हलो, कुटो पनि मानविय आवश्यकताका साधन थिए । हाम्रा शिल्पी समुदायले मानव जीवनलाई जटिलताबाट सरलतातिर लैजाने क्रममा निर्माण गरेका विभिन्न सिपमूलक वस्तुहरू पनि विज्ञानको परम्परामा विकास भएका हुन् । यस्ता वस्तुका रूपमा छाला प्रशोधन गरी जुत्ता बनाउने, फलाम गालेर हतियार र औजार बनाउने, बाँस र काठबाट उत्पादन गरिने डोका, नाम्ला, थुन्चे, ठेकी, चौंठी, हर्पे, झ्यालढोका पनि विज्ञान प्रविधिका आदिम रूप हुन् । यी सिपहरूलाई नवप्रवर्तनसहित बजारीकरण गर्नु र नयाँ पुस्तामा हस्तान्तरण गर्नु अहिलेको चुनौति र आवश्यकता हो ।

विज्ञानले ल्याएको विकास भन्नासाथ ठूला हवाइजहाज, शक्तिशाली बम र ठूला कलकारखाना मात्र हुन् भनेर सोच्ने चिन्तन आफैंमा अधुरो छ । यी वस्तुहरू पनि मानविय सुख, सुविधा र आवश्यकताले आदिम कालदेखि आविष्कार गरिंदै आएका विज्ञान, प्रविधि र नवप्रवर्तनका परम्परामा यी पछिल्ला उदाहरणहरू मात्रै हुन् भन्ने बुझ्दा हुन्छ । विज्ञान दिवसको अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्नु पर्ने र नयाँ तथा युवा प्रतिभाहरूलाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्ने दिनका रूपमा पनि बुझ्न कति पनि ढिला गर्नु हुँदैन । यो विज्ञान दिवसलाई चेतनाको दियो बाल्ने दिनको रूपमा सम्झिनु आवश्यक हुन्छ ।

विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजता ल्याउन सक्नुपर्दछ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम यदाकदा ल्याएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको श्रोतसाधनमा आधारित उद्योग,कल कारखाना खोलेर रोजगारीको बृद्धि गर्दै आत्मनिरर्भर देश बनाउने हिसावले नीतिहरू अवलम्बन गर्नुपर्दछ, अनि मात्र युवा पलायनलाई रोक्न सकिएला । विज्ञान प्रविधि दैनिकि सित जोडिदै राष्ट्र निर्माणमा भूमिका खेल्न तहमा पुग्नु पर्दछ ।

सानो क्षेत्रफलमा पनि नेपालको भौगोलिक विविधता विशिष्ट छ र ती सबै भू–भागको आफ्नै खास महत्व छ । विविधता सँगै आवहवामा पनि विविधता छ र भू–भागको विविधता अनुसार उत्पादन गरिने वस्तुहरू फरक हुनु स्वभाविक हो । जुन कुरा हिमाली तथा उच्च पहाडि भू भागमा उत्पादन हुन सक्दछ वा हुन्छ, त्यहि कुरा मध्य पहाडि क्षेत्रमा नुहुन पनि सक्दछ । आधुनिक विज्ञान प्रविधिको प्रयोग संगै हाम्रा पारम्परिक ज्ञान प्रविधिलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न्ो हो भने उत्पादनमा बृद्धि भै सम्बृद्ध नेपाल बन्न सक्नेछ । विकास भनेको खासमा एकिकृत पहल हो । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पु¥याउन नसक्नु नै हामी विकासमा पछाडी पर्नुको खास कारण हो जस्तो लाग्दछ । कृषिमा आधारित लघु उद्योगहरू जस्तैः फलपूmलमा आधािरत उद्योगहरू, पशुपालन तथा दुग्ध व्यवशाय तथा वनपैदावारमा आधािरत उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, चिया, अलैचि, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामन्जस्य स्थापना गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।
परदेशमा रहेका नेपाली मनहरूलाई आफू जन्मिएको, हुर्किएको गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेतापनि सम्झना आइरहन्छ, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पु¥याउने हेतुले जस कसैले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ । आफ्नो जीवन सार्थक वनाउन सबैले चाहन्छन् यसको लागि सकेको योगदान गर्न सबैले खोजेका हुन्छन् । विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वहरू नेपालमा फर्किएर काम गरिरहेका र गर्न खोजिरहेका उदाहरणहरू पनि प्रशस्त छन् । एउटा अति नै मार्मिक सत्य र तथ्य के हो भने धेरै अनुसन्धानमा नाम कमाएका विज्ञान कर्मीहरू आफ्नो देशमा नै केहि कामगर्ने इच्छाका साथ फर्किएका छन तर राज्यले यसको बारेमा पटक्कै साेंचेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको सम्बृद्धि सपनामा योगदान पु¥याउन भनेर खोलिएका सँस्थाहरू, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, प्रयोगशालाहरू रूग्ण बन्दै गइराखेका छन् तर तिनै सँस्थाहरू, विश्वविद्यालयहरूलाई चाहिएका सिद्धहस्तहरूलाई कुनै स्थान उपलब्ध गराउन सरकारको कुनै ठोस योजना छैन । विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देश बाहिर रहेका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरूरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई आम जनताको हितमा पु¥याउन सकिन्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, (रिकास्ट), नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविदहरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनु पर्दछ । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकता बमोजिमको अन्ुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । यी राज्य पोषित निकायहरूले जनताले अपनत्व ग्र्रहण गर्ने कार्य गर्न सकेका छन् कि छ्रैनन् प्रश्न टड्कारो छ ।

खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको मान्न सकिन्छ । सरकारी सेवा प्रवाहमा डिजिटल प्रणाली सुरू हुँदैछ । यसको लागि डिजिटल साक्षरता बढाउन पहल गरिनु पर्दछ । तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन । यसरी प्रविधिलाई कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न सम्भव छ । खासमा भत्रे हो भने कोरोना कालमा देशमा विद्यालय, महाविद्यालय देखि विश्वविद्यालय सम्मका कक्षाहरू सूचना प्रविधिको प्रयोग गरेर संम्भव भएका छन् । अप्ठयारो समयमा शिक्षाको गतिलाई अवरूद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यस हिसावले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भत्र सकिन्छ ।

कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नु पर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण अति आवश्यक हुन्छ । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशीरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरूरी छ । जबसम्म नेपालमा विज्ञान र प्रविधिलाइ केन्द्रमा राखेर ‘अनुसन्धान र नवप्रवर्तन कोष’ स्थापना गरिदैन, सरकार र समाजले गम्भीरताका साथ लिँदैन तबसम्म विदेश लाग्ने नेपाली युवाहरूर्को लर्को रोकिने छैन ।

राजनीतिक स्थिरता र इमान्दार राज्य व्यवस्थाले मात्रै हुने हो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभित्र जनसमुदायमा भएको सीप, समाज र उमेर समूह बरदान हुन सक्ने देखिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक सँस्थाहरू, अनुसन्धान केन्द्रहरू, गैरसरकारी संघसंस्था सहित देश बाहिर रहेका जनशक्तिलाई पनि उत्प्रेरित गरी आर्जित ज्ञान, सीप र अनुभवलाई देश हितमा लगाउन सरकारले विशेष ध्यान पु¥याउनु पर्दछ ।

तर योग्यताको आधारमा भन्दा भनसुन र बन्द हडतालको माध्यमबाट बल प्रयोग गरेर घुसपैठ गर्ने र यस्तै प्रबृतिलाई सरकार र राजनीति कर्मीहरूले प्रशय दिने कामलाई बन्द गरिनु पद्र्रछ । अन्तमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्वपूर्ण भूमिका खेल्नहुने व्यतिmत्वहरूलाई सम्झने र सम्मान गर्ने दिनको रूपमा पनि विज्ञान दिवसलाई लिनु पर्दछ र केहि गर्ने उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने दिनको रूपमा लिनु पर्दछ । यस कार्यको लागि विषयविज्ञहरूका विचार लिई उनीहरूका साथमा बसेर देश विकाशको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौं । हामी नेपालीहरूले विगत लामो समयदेखि राजनीतिक अस्थिरता व्यहोरिराखेका छौं । विकास र सम्मृद्धि आफ्नै जीवनकालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरूरी छ । ११ औं विज्ञान दिवसको सबैमा शुभ–कामना ! (डा.शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)