तालिवनीको सत्ता कब्जा र यसको प्रभाव

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
900 shares

सुनिल गौतम
तालिवान आन्दोलन (तालिवान), एक सुन्नी इस्लामी कट्टरपन्थी आन्दोलन हो जुन १९९४ मा दक्षिणी अफगानिस्तानमा जन्मिएको हो । तालिवान एक पश्तो भाषा शब्द हो, जसको अर्थ शिक्षार्थी (विद्यार्थी) हो । यो आन्दोलन पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सद्वारा मात्र मान्यता प्राप्त थियो । अफगानिस्तानलाइ ढुङ्गे युगमा ल्याउनमा तालिवान जिम्मेवार छन । यो आंदोलनको मुलभुत आधारसिला १९७९ काबुलमा स्थापित एक सरकारको सुरक्षाको लागी रेड आर्मीको नामबाट सुरु भएको थियो ।

यो बिश्व इतिहासको १० बर्षमा सबैभन्दा विनाशकारी छापामार युद्धको रुपमा रहयो । यो युद्दमा २० लाख भन्दा धेरै निर्दोष अफगान नागरिक मारिए, ३० लाखभन्दा बढी घाइते भएका छन् र ५० लाखभन्दा बढी नागरिकले देश छोड्न बाध्य भएका छन् । बिश्वमा लोकतन्त्र र मानवअधिकारको ठूलो वकालत गर्ने अमेरिकाले, अहमदशाहमसूद, गुलबुद्दीन हेकमतयार, बुरहानुद्दीन रब्बानी मात्र नभई ओसामा बिन लादेनलाइ समेत संरक्षण गरेर बिश्वका शक्तिशाली आतंकवादी बनाउनमा अमेरिकाको अहम भूमिका देखिन्छ ।

अमेरिकाको स्वार्थी भूमिका
आधुनिक हतियारका प्रयोगले अफगानी माटो रगतबाट संचित भयो । सोभियत सेना अफगानिस्तानमा नराम्रोसंग पराजय भएपछि मई १९८९ अफगानिस्तानको भूमिबाट सोभियत सेना फिर्ता भएका थिए । तर यो युद्दका लागी तयार गरिएका लाखौं अफगानिस्तान मुजाहिदीन लड़ाकूहरु र आधुनिक हतियार सम्पूर्ण क्षेत्रको लागी अस्थिरता र अशान्तिका सबैभन्दा ठूला कारण हुन । यिनी मुजाहिदीनहरुले (सेप्टेम्बर ११) ९÷११ मा अमेरिका माथी आक्रमण गरे, अमेरिकाले यिनीहरुलाई अमेरिकाका सबभन्दा ठूला शत्रु सम्झ्यो ।

यिनीहरुलाई रोक्नको लागि अमेरिकाले लामो समयसम्म अफगानिस्तानमा सेना पठायो जसले अफगानिस्तानमा अस्थिरता बनायो । तर मे २००१ मा लादेनको हत्यापछि, अफगानिस्तानमा अमेरिकी चासो बिस्तारै घट्यो । राष्ट्रपति वाइडेनले अप्रिल २०२० मा अफगानिस्तानबाट सबै अमेरिकी र नाटो सेनाहरु फिर्ता लिने घोषणा गरे, ३१ अगस्तसम्म अन्तिम अमेरिकी सैनिकको फिर्ता हुनुभन्दा अगाडि अफगानिस्तान तालिवानको कब्जामा पुग्यो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि र अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिशनका प्रमुख दियोब्राहलियोन्सले ‘यदि अफगानिस्तानमा युद्दरत पक्षसंग मध्यस्तता गरेर शान्ति वार्तमा ल्याउन सकिएन भने अफगानिस्तानमा उत्तराद्र्धमा केहि पनि बच्ने छैन । यो सारा बिश्वको लागी संकट पैदा हुनेछ ।’ भनेका थिए । उनले आंकलन गरेको कुरा साँचो भयो । अमेरिकाको हवाई हमलाले काबुलमा तालिवान कब्जालाई लामो समयसम्म रोक्न सक्दैन ।

तालिवानलाइ रोक्नको लागि जमिनमा अवतरण नगरेसम्म यो संभव छैन । अमेरिका अवसरवादी देश हो, उस्लाइ सेप्टेम्बर ११को बदला लिनु थियो । उस्ले ओसमा बिन लादेनलाइ मारीसके पछि उस्ले आफ्नो लक्ष्य प्राप्तिमा सफल भयो । अब अफगानिस्तानमा शान्ति भन्दा पनि उस्का सैनिकहरुको जीवन मूल्यवान छ । यो उस्को अधिकारको कुरा पनि हो तर अफगानिस्तानको कमजोर आंतरिक सुरक्षा स्थितिमा अमेरिकाले सेना फिर्ता गरेर भाग्य र अल्लाहको भरमा अफगानिस्तानलाइ छोड्नु हुँदैन थियो ।

तालिवानको असर कहाँ कहाँ पर्ला ?
आगामी दिनहरुमा अफगानिस्तान संग भौगलिक रुपमा या रणनीतिक सिमा जोडिएका देशहरु पाकिस्तान, रूस, ईरान, चीन तथा भारतको लागि अहम हुनेछन । यो दौरान आकाशबाट अमेरिकी बमबारी तथा जमीनवाट अफगानीबाट भीषण युद्द हुन सक्ने छ । यसमा ठूलो संख्यामा निर्दोष नागरिकको हत्या हुन सक्छ । बालबालिकाहरु, महिलाहरु र ज्येष्ठ नागरिकहरु मारिन सक्छन् ।

त्यसको असर एसियाका अरु देशमा पनि पर्न सक्छ । नेपालमा माओवादी युद्धमा निर्दोशहरु मारिएझैं हुन सक्नेछ । यो मानवता विरुद्धको ठूलो अपराध हुनेछ । यस्को लागि संयुक्त राज्य अमेरिका जिम्मेवार हुनेछ । तालिवानले इस्लामधर्मको नाममा यस क्षेत्रमा बर्बर र अमानवीय रुपमा प्रस्तुत हुनेछ । यहाँका महिला तथा अल्पसंख्यकहरुमा दमन हुनेछ । ऊनीहरु सरकारमा आऊंन साथ महिलाहरुलाइ बिद्यालय तथा बिश्वबिद्यालय जानको लागि प्रतिबन्ध लगाउन सुरु गरिसकेको छ । काबुलमा पूर्ण नियन्त्रण हासिल गरिसके पछि, के यी डरलाग्दा आतंकवादीहरु छिमेकी राष्ट्रहरुलाई शान्तिसंग बस्न देलान् ?

जस्तैः २४ डिसेम्बर १९९९ मा, इन्डियन एयरलाइन्सको विमान काठमाडौंबाट दिल्ली उड्ने उद्देश्यले उड़ान भरेको थियो । त्यो विमानलाइ अपहरण गरेर अफगानिस्तानको कन्दहार पुराइएको थियो । त्यों समयमा अफगानिस्तानमा तालिवानको सरकार थियो । अब यस्ता किसिमका घटनाहरु पुन हुने जोखिम र खतरा छ । अलकायदा र आइएस जस्ता बिश्वका ठूला आतंकवादी संस्थाहरुलाई शरण र समर्थन मिलने छ । पुन यिनीहरु जागरूक हुने खतरा छ । अफगानिस्तानको बिषयलाइ लिएर अन्तर्राष्ट्रिय महाशक्तिहरु बिच पनि मतभेत छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । नेपालले भूमिका निर्वाह गर्नुपर्ने छ । विडम्बना नेपालमा सरकार अस्थिरता निम्त्याउन र विपक्षीलाई फुटाउ र राज गरको काममा केन्द्रित छ ।

रूस तालिवानको बिषयलाइ लिएर स्पष्ट छैन भने अफगानिस्तानमा अमेरिकाका प्रभुत्वालाइ तालिवानले हराएपछि कही न कही रूस खुसी छ । ताजिकिस्तान–उजबेकिस्तान रूसको प्रभाव भएका देशहरु तालिवानसंग डराइरहेका छन । ऊनीहरु छिटो सैनिक अभ्यास गर्ने तयारीमा रहेका छन । पाकिस्तानले तालिवानलाइ समर्थन गरेको छ भने चीनले तालिवानको शासनमा अफगानिस्तानमा आफ्नो प्रभाव बढ़ने संभावना देखीरहेको छ । भारतले अफगानिस्तानमा २२ हजार करोड़को लगानी गरेको छ । स्कूल, अस्पताल, बिजुली, ग्यास जस्ता क्षेत्रमा लगानी गरेको छ । यो स्थितिमा भारतका ती लगानीका क्षेत्रमा खतरामा पर्न सक्छ । चीनले पनि बीआरआई मार्फत ठूलो मात्रमा अफगानिस्तानमा लगानी गरेको छ । चीनले अफगानिस्तानमा तामा खानी र अन्य खनिजजन्य उत्पादनको लागी ठूलो लगानी गरेको छ । यसमा पनि असर पर्न सक्छ ।

अफगानिस्तानको यो परिवर्तनको असर नेपालमा पनि पर्न सक्छ । नेपालमा प्रतिकूल असर पर्ने अनुमान छ । करीब १०० जना नेपालीकामदारहरु अफगानिस्तानमा कार्यरत रहेको र अरु अनौपचारिक रुपमा त्यहाँ रहेको बताइएको छ । उनीहरुको उद्दारका लागि देउवा नेतृत्वको सरकारले ढिलाई गरिरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गरेर वाहावाही पाएको थियो ।

यसका साथै धेरै जनशंख्या रहेको र नेपालमा सिधै प्रभाव पर्ने भारत अफगानिस्ताननसंग भौगलिक, कूटनीतिक तथा लगानीको हिसाबले प्रत्यक्ष जोडिएको छ । यसले भारतलाई प्रतिकूल असर गर्दा यसको असर नेपालमा स्वतः पर्नेछ । अफगानिस्तानबाट भागेका शरणार्थीहरु भारतको बाटो हुँदै नेपालमा पनि आउन सक्छन् । अफगानिस्तान पनि सार्क देश भएकोले, सार्क अध्यक्षको नाताले नेपालले क्षेत्रीय शान्ति कायम राख्न सक्नुपर्ने छ ।

नेपाल–अफगानिस्तानका केही समानता
नेपाल र अफगानिस्तानमा कतिपय कुरामा समनता पनि छ । अफगानिस्तान पनि नेपाल जस्तै कहिले उपनिवेश नभएको भूपरिवेष्ठित देश हो । अर्कोकुरा नेपाल दुई विपरीत धारका देशहरु चीन र भारतको बीचमा छ । अफगानिस्तान पनि दुई विपरीत धारका देशहरु अमेरिका र तत्कालीन सोभियत संघको बीचमा छ । यी दुबै देशले छिमेकबाट लाभ भन्दा हस्तक्षेप धेरै व्यहोरेका छन् ।

अफगानिस्तानमा पनि नेपालमा जस्तै तानाशाही राजतन्त्र थियो । नेपाल हिन्दू बाहुल्य देश भएजस्तै अफगानिस्तान इस्लाम बाहुल्य देश हो । नेपालमा हिन्दू धर्ममाथी आक्रमण भएजस्तै त्यहाँको इस्लाम धर्ममाथी आक्रमण भएका थियो । जसका विरुद्ध उनीहरु लडे पनि । विदेशी हस्तक्षेपलाइ रोक्न आफ्नो राष्ट्रियता, धर्म, संस्कृतिलाइ बचाउनको लागि तालिवानको जन्म भएको थियो । नेपालमा पनि हालका दिनमा विदेशी हस्तक्षेप बढेको छ, विदेशीको इशारामा आफ्नै पार्टीका सरकारका विरुद्ध लाग्ने नेताहरु नेपालमा रहेका छन् । आफ्नो मात्रै राजनीतिक स्वार्थका लागि प्रयोग हुने खराब प्रवृत्तिका नेताहरु छन् । खराब प्रवृत्तिका नेताहरुलाई चुनाव मार्फत अब ठेगान लगाउन जरुरी छ । (लेखक हाल नयाँ दिल्लीमा रहेका छन् ।)